शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • ए भाई मदिराको मातमा नभुल्नु

ए भाई मदिराको मातमा नभुल्नु

  • बिहिबार, बैशाख २९, २०७९
ए भाई मदिराको मातमा नभुल्नु

ए भाई मदिराको मातमा नभुल्नु क्रतब्य,
एकछाक मासु र भातमा नभुल्नु क्रतब्य।

भाग्यको के दोश जानिजानी गलतिगर्दा,
हाम फाल्नु हुंदैन रातमा नभुल्नु क्रतब्य।

एउटै घरका शन्तान हौं हामी मिलेर रहौँ,
रहनै पर्छ सबै औकातमा नभुल्नु क्रतब्य।

आउँछ हुरी बतास मत दान त गर्नै पर्नेछ,
बुथमा आए नि बर्षातमा नभुल्नु क्रतब्य।

जनता लोभ र भय बिनाको मतदान गरौं,
अब भाग्यछ हाम्रै हातमा नभुल्नु क्रतब्य।

यो बिचार त मात्र जनचेतनाको लागि हो,
एसाथीहो अरूको बातमा नभुलौँ क्रतब्य।

चर्चामा

सम्बन्धित समाचार