शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका सबै ठाउँमा मतदान अधिकृत र साम्रगी पुग्यो

बाजुराका सबै ठाउँमा मतदान अधिकृत र साम्रगी पुग्यो

  • मङ्लबार, बैशाख २७, २०७९
बाजुराका सबै ठाउँमा मतदान अधिकृत र साम्रगी पुग्यो

बाजुरा — जिल्लाका नौ ओटै स्थानीय तहमा रहेका सबै मदान केन्द्रमा र्बिाचान साम्रगी पुगाईसको छ । सबै भन्दा टाढा रहेको हिमाली गाउँपालिकाको गुम्बामा समेत मदान अधिकृत सहित साम्रगी पुगिसकेकाे मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा बाजुरा जिल्लामा ५ सय ५८ जना कर्मचारी खटाईएका छन । जसमध्ये १ सय १२ जना मतदान अधिकृत र १ सय १२ जना सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरि ५ सय ५८ जना कर्मचारी खटाईएका छन् ।
निर्वाचनका लागि बाजुरामा ७० वटा मतदान केन्द्र र १ सय १२ मतदान स्थलमा मतादन साम्रगी सहित कर्मचारी पुगाईसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्थानीय तहको निर्वाचनका लागि बाजुराका ९ वटै स्थानीय तहमा कर्मचारीहरु खटाईएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र, मतपत्र लिई जिल्ला निर्वाचन कार्यालयबाट मत पेटिका तथा मतदान कार्यमा चाहिने आवश्यक सामाग्री लिएर कर्मचारी गाउँ गाउँमा पुगिसका जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
बाजुरामा ८२ हजार ६ सय ९० मतदाता रहेका छन् । कुल मतदाता मध्ये ४२ हजार १ सय ५१ पुरुष र ४० हजार ५ सय ३७ महिला गरि जम्मा ८२ हजार ६ सय ९० जना मतदाताहरुले मतदान गर्ने भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार