शनिबार, बैशाख ८, २०८१

गजल!

  • सोमवार, बैशाख २६, २०७९
गजल!

जनता आफ्नै हातमा अमृत र जहर हुन्छ,
मात्रृत्वकै रक्षागर्ने पनि सबैलाई कर हुन्छ।

यो चुनाव पनि ठिक त्यस्तै हो बुद्धी पुराए,
कहिले भर्षा भेल कहिले रित्तो बगर हुन्छ।

चुनावकै लहरछ उता यता पानी पर्यो खुबै,
समयमै खेति नगरे खाने केहोला डर हुन्छ।

हिंजो एकथरीले भोट दिनुहोला भनेर गए,
हुन्छ भनेर मनराखें उन्लाई पनि भर हुन्छ।

सत्ताहात नपर्दा सम्म मिठो बोल्नेहरू पनि,
सत्ता हात परेपछि के भन्यो वे खबर हुन्छ।

चुनाव पनि कसैलाई कर कसैलाई रहर हुंने,
हारेपछि कुनैकुनै बिचरा सांच्चै वे-घर हुन्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार