बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बाजुरामा ४ जना जनप्रतिनिधि निर्विरोध

बाजुरामा ४ जना जनप्रतिनिधि निर्विरोध

  • आइतवार, बैशाख २५, २०७९
बाजुरामा ४ जना जनप्रतिनिधि निर्विरोध

बाजुरा–बाजुरा जिल्लामा ४ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार बाजुरामा दलित महिला सदस्यको कोटामा चार जना निर्विरोध निर्वाचित भएका हुन्।

बुढीनन्दा नगरपालिका–४ मा दलित महिला सदस्य कोटामा एमालेबाट उम्मेद्वार बनेकी २६ वर्षीया बसन्ती चदारा, वडा नम्बर १० मा एमालेबाटै उम्मेदवारी दिएकी ६० वर्षीया टुमरा दमाई  निर्विरोध निर्वाचित भएका हुन्। त्यस्तै त्रिवेणी नगरपालिका–७ मा कांग्रेसबाट ६० वर्षीया औलादेवी लुहार र हिमाली गाउँपालिका–१ मा माओवादी केन्द्रकी उम्मेदवार ३६ वर्षीया रुपसरी कामी निर्विरोध निर्वाचित भएका छन्।

Keine Beschreibung verfügbar.

चर्चामा

सम्बन्धित समाचार