शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • जिप चालक बुढामाथी हातपात

जिप चालक बुढामाथी हातपात

  • शनिबार, बैशाख २४, २०७९
जिप चालक बुढामाथी हातपात

बाजुरा —  त्रिवेणी नगरपालिका  जीवन थापाले जिप चालक अजसिंह बुढालाई हातपात गरेकाे छ । जिल्ला सदुमुकाम मार्तडीबाट सवारी बोकेर त्रिवेणी नगरपालिका वडा नम्बर ६ तिर जाँदै गर्दा उनलाई जीवन थापाले हातपात गरि घाईते बनाएको जीप चालक बुढाले बडिमालिका खवरलाई बताएका छन ।
त्रिवेणी नगरपालिका वडा ७ को खिरपाटामामा जिप राम्रो संग चलाउन आउदैन राम्रो संग चला भन्दै जिप साइड लगाउन लगाएर कुटपिट गरेको उनलले बताएका छन ।
पिडीत बुढाले बडिमालिका प्रहरी चौकीमा कुटपिट गरेको भन्दै उजुरी दिन जादा प्रहरीले निबेदन लिन नमानेको र मिलापत्र गर्नुपर्छ भन्दै फर्काएकाे उनले बताए । प्रहरीले यो सामान्य घटना हो गाउँमै मिलाउनु भनेर पठाएको उनले बडिमालिका खवरलाई बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार