शुक्रबार, बैशाख १४, २०८१

गजल!

  • शनिबार, बैशाख २४, २०७९
गजल!

जनताहरू ले ढुङ्गा लाई पुजेर अघाए अब,
सांच्चै भौतिकवाद सँग साइनो लगाए अब।

निदबाट जतिवेला जाग्यौं उज्यालो देख्छौं,
सुस्त सुस्त अंध्यारो लाई समेत धपाए अब।

सरकारलाई पनि छिट्टै थाहाहुन्छ उज्यालो,
युवाशक्ति देशको रिढहो सत्ता थमाए अब।

आफ्नो देशको माटोसँग पनि मयाँ हुँनुपर्छ,
देश को झण्डा र सम्बिधान न जलाए अब।

नेता आत्मानिर्भर गराउँ अखण्ड देश लाई,
बिदेशीहरूसँग आफ्नो घांटी न सटाए अब।

नेताको मात्र हात कहां हुन्छ देश बिग्रिनुमा,
देशको जिम्मेवारी पनि कांधमा उठाए अब।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार