शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • मतदाता तान्न दैनिक भोज, खसी र रक्सिले मत तान्ने प्रयास

मतदाता तान्न दैनिक भोज, खसी र रक्सिले मत तान्ने प्रयास

  • शनिबार, बैशाख २४, २०७९
मतदाता तान्न दैनिक भोज, खसी र रक्सिले मत तान्ने प्रयास

बाजुरा — चुनाव प्रचारका बेला कुनै भोज र मदिरा खुवाउन नमिल्ने भएपनि बाजुराको हिमाली गाउँपालिका, स्वामीकार्ति गाँउपालिका, जगन्नाथ गाउँपालीका र बुढिनन्दा नगरपालिकामा भने भोजले मतदाता तान्ने प्रयास भईरहेको छ । दैनिक जसो खसी काट्ने र रक्सिको भोज भइरहेका छन, स्वामीकार्तिक गाउँपालिका १ मुक्तिकोटका धनसिं बिकले वताएका छन् ।
हिमाली गाउँपालिका ५ को रुगिन अन्तर्गत कवाडी र चौडीला गाँउमा मात्र एमाले र काँग्रेसले ७ वटा खसि गाउँलेलाई दिएको एक स्थानियले बताएका छन् । जसले खसि खुवायो, अनि रक्सि दियो, त्यता तिर मतदाता तान्ने मानसिकता कारणले यो विकृत गाउमा धेरै बढदै गएको स्थानिय हिमाली ५ का स्थानिय श्रीलाल लुवारले वताएका छन् । जिल्ला प्रशासन कार्यलयले मदिरा २१ गते बाट बिक्रि बितरण गर्न बन्द गरेको भएपनि गाउँमा मदिराको कारोवार पनि निकै बढदै गएको छ ।
हिमाली गाउँपालिका ५ ब्युरी गाँउकि स्थानिय मनमती चदाराले भनिन् चुनाव लागेपछि सधै जसो गाँउमा भोज, पाटि भइरहेका वताईन् । पहिला गाँउमा निकै शान्त हुने गरेको थियो, चुनाव आएपछि पुरै गाउँ बेलुका मदिरामय भएको बताईन् । प्राय सधै खसि, कुखुरा काट््ने र मदिरा खुवाउने काम भइरहेको हो हल्ला भइरहने वताईन् । जसले भोज गरयो, त्यतै तिर मतजाने भएकाले पनि उम्मेद्धवारले धेरै खर्च गर्ने गरेको पाईएका छन् ।
जगन्नाथ गाउँपालिका १ बस्ने कालि विकले भनिन्, सबै भन्दा त भोज र रक्सि दलित बस्ति हुने गरेको वताईन् । रक्सि र खसि नदिए चामल दिएको भए हुन्थ्यो, जे हामीलाई आबश्यक हुन्छ, त्यो दिदैन रक्सि र खसिमा बिक्ने गरेको वताईन् ।
स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटमा ४ सय दलित परिवार रहेका छन् । त्यो गाउँका बासिन्दा जसले भोज खुवायो उतै पाटि प्रबेश हुने गरेका छन् । देशकै गरिब गाउँ भनेर पनि के गर्नु, अहिले चुनावको बेला गाउँनै मदिरामय भएको स्थानिय नन्दराम बिकले वताए । दिउसो चुनावी कार्यक्रम गर्ने साँझ दैनिक जसो काँग्रेस, एमाले, माओवादी र समाजवादीले मदिरा सहितको भोज गर्ने गरेको नन्दरामले वताए ।
प्रहरीले चुनाव लक्षित मदिरा नियन्त्रण गर्ने अभियान चलाएको भएपनि गाँउमा मदिरा नियन्त्रण अभियान चलाएको छ । प्रहरीले सदरमुकाम मार्तडी, कोल्टि लगायतका केही बजारमा मदिरा नियन्त्रण गरिरहेको भने गाउँमा भने कुनै प्रभाब परेको छैन्, खुलेआम रुपमा मदिरा बिक्रि भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार