शनिबार, बैशाख ८, २०८१

गजल!

  • शनिबार, बैशाख २४, २०७९
गजल!

देश कंगाल हुन्छ जनताको वेहाल हुन्छ फटाहाले जिते,
सधै देशैभरी फेरी नी ठुलो ब बाल हुन्छ फटाहाले जिते।

जनता गणतान्त्रिक र देशभक्त शक्तिलाई जिताउँनैपर्छ,
देशैमा भ्रष्टचार मंहगी प्रत्येक साल हुन्छ फटाहाले जिते।

आधा जनसंख्यलाई खाडी जापान र लाहुरमा पठाएर,
यो निर्वाचनपछि पनि यही सवाल हुन्छ फटाहाले जिते।

उत्पादनको नाउँमा घर घरै राजनीति पार्टीछन देशभित्र,
देशैभरी महंगि र घरघरै अनिकाल हुन्छ फटाहाले जिते।

अहिले एक दुई छाक भात मासु पस्केलान लरक्कै पार्ला,
पछि ब्याज समेत असुलगर्दा कंगाल हुन्छ फटाहाले जिते।

अहिले त भन्छन देशलाई सिंगापुर जापानजस्तै बनाउछौं,
गणतन्त्र धरापमा महंगो चामल दाल हुन्छ फटाहाले जिते।

आफ्नो भोट खुबै सोंचेर सम्झेर मात्र खसालौं जनता अब,
हस्तक्षेपकै बिरोध गर्नेछैन बरू ढाल हुन्छ फटाहाले जिते।

बिउ चाहिन्छ मल चाहिन्छ किसान लाई औषधी चाहिन्छ,
आधारभुत बस्तुमा फेरीनी जञ्जाल हुन्छ फटाहाले जिते।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार