शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • पश्चिमी प्रभाव र हाम्रो ओपचारिकता!

पश्चिमी प्रभाव र हाम्रो ओपचारिकता!

  • बुधबार, बैशाख २१, २०७९
पश्चिमी प्रभाव र हाम्रो ओपचारिकता!

सुरेशकुमार पान्डे — हाम्रो देशमा सबै औपचारिकता मात्रै किन हुन्छ?
अहिले कुशे औंसीमा फेसबुकभरी आमाको तस्विर हालेर लेख रचनाहरू पस्किए,यो मात्र एउटा कुसे औंसिको उधारण हो तर यस्ता कयौं दिवसहरूको शन्दर्भरमा फेसबुक भरिन्छ।
हुन त यो कुसे औंसी भारतमा मनाएको देखिएन कसै कसैले मनाउँदा हुन तर नेपालीहरूले यो सोसिल मिडियामा सक्यासम्म फोटाहरू अप्लोड गरेर औपचारिकता पुरागरेको देखिन्छ।
त्यो मात्र होइन अन्तरराष्ट्रिय दिवसहरू जस्तै उधारणका लागी कुनै दार्शनिकको जनम दिन आयो अब फोटा राखेपछि पुराभयो।कतिपय ठाउंमा लेनिन, मार्क्स माओ लगायतका दार्शनिकहरूको तस्विर सँग आफ्नो तस्विर टांसेपछि अब त्यो दिनको महोत्व पुरा भयो।
ओ कस्तो बिड्मबनाहो एउटा महान दार्शनिकको जिवनको अध्यायन गरेर त्यसबाट धेरै शिक्षा लिन सकिन्छ तर त्यो अहिलेको फोट प्रदर्शनिको ब्यबहारले गर्दा मानिसहरूले अध्यायन गर्ननै छाडि सके।कसैले लेखेको लेखमा आफुले नपढेर लाइकका स्टिकर टांस्ने दार्शनिकहरूको फोटा अप्लोड गरेर त्यो दिवशको औपचारिकता पुरा गर्नेमात्रमा सिमित रहन थालेपछि आउँने दिनमा के कस्तो अबस्था आउला सहजै अनुमान लगाउन सकिन्छ।
अहिले संगठनको काम पनि देखाओटी हुंन थाल्यो एउटालाई कसैले सदस्याता दियो तुरून्तै फोटो अपलोड गरिन्छ।उपरोक्त ब्यबहारले के देखाएकोछ भने अहिले सबैजसो काममा औपचारिकताकै लागि देखाउँन गर्ने गरिन्छ।पहिले खुब काम गरिन्थ्यो त्यो कसैले देखेन अहिले कामै नगरेपनि फोटा राखेर आफु वाईरस बनियो यस्तो छ अहिलेको अबस्था।
बाबा दिवस,आमा दिवस,लोग्ने दिवश स्वास्नि दिवश प्रेमि र प्रेमिका दिवश याबत दिवसहरूको महत्व छुट्टैछ तर त्यो महत्वकेहो त्यो कसैलाई जानकारि होला वा नहोला तर औपचारिक्ता भने गर्नैपर्छ।वेलैन्टना डे आयो प्रेमिका र प्रेमीहरूले फेश बुक भरिभराव हुन्छ।पश्चिमको छाडा संस्कारले देश हाम्रो समाज छिया छिया भयको त छंदैछ यो देखावटी मायाहरूले गर्दा अहिले वास्तबिकतामा भ्रम पलाउँदै गयकोछ।
हाम्रो समाज अहिले पनि आधा सामनति र आधा उपनेबेशिकछ।तर त्यसबारे अध्यायन गर्ने समयनै छैन तर बिरोध गर्छौ तर प्रयोग गरेर बिरोध गर्छौं।एउटा लेखकले एउटा कुनै दार्शनिकको जनम जैयन्तिलाई किन लेखेर अप्लोड गर्छ भने मेरो लेखले धेरैलाई सिक्न मिलोस भनि दिन रात अथक महिनत गरेर एउटा गलतिपनि नजावस भन्ने प्रयात्न गर्दछ।
समय भन्दा पहिले प्रकासित भयो भने त्यो लेखबाट धेरैले पढेर सिक्न सक्थे।
वा त्यो ब्याक्ति वा दिवसको बारेमा सिक्न पाउंनेछन।तर लेखनै पढ्दैनन् न त्यो पत्रकारहरूले समयमा प्रकासित गर्ने हिम्मत गर्छन।हामिले स्वतन्त्र पत्रकारलाई भेट्न यति गारोछ अहिले भन्ने सकिदैन।त्यो हुंनुको पछाडीको कारण केहो भने पत्रकारपनि राजनीतिक र पार्टी करण भएकाले हो।
स्वतन्त्र सामाजिक बिचार होइनकी उनिहरूको नेताको इसारामा मात्र प्रकासित गर्ने चलन चल्ति भन्दै आएकोछ।उनिहरूको प्रयास जनतालाई शिक्षित बनाउँने राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा लेख रचना प्रकासित गर्ने भन्दा आ आफ्ना आकाहरूले जे जे निर्देशन गर्छन त्यही अप्लोड गर्ने प्रकासन गर्ने गर्दा समाजलाई दुषित बनाउँन थाल्यो।
जनपक्षिय बिचार होइन उनिहरूको आन्तरिक निर्देशन मात्रै जनतामा पुग्ने भयो।हाम्रो सामाजिक ढांचा बांटिएकोछ कुराजनीति पार्टीको अदुरदर्शियतको बलिचड्न थाल्यो सामाजको आबस्याक रमहत्वपुर्ण गहना सांस्कृतिक समेत धरापमा परेकोछ।
अहिले देखावटी काम हुन थाले यो हुनुको पछाडिको कारण धेरैजसो त झोलेहरूको मेहरवानी हो उनिहरूले आ आफ्ना आकाको नजिक कसरी जाने एउटा इमानदार मेहंतीलाई असरी उछुन्ने होडमा एका तिर चम्चाहरूको चलखेल बढेपछि इमानदार ब्याक्तिहरूको आस्थामा चोट पुग्छ आर्को तिर मात्र देखाउनको लागि काम गरिन्छ र संगठन कम्जोर हुन्छ।अहिलेका यि दिवसहरूले पनि त्यसैको नक्कल गर्दैछन भनेपनि फरक नपर्ला।एउटा आमाको महान भूमिकालाई पनि यो पुंजिवादले किरायको कोख बनाई दियो।अब आमाको त्यो ममतामय कोख किरायमा पाइन थाल्यो त्यो मात्रैहोइन बजारमा मानिसको सुक्राणु बिउ पाइन थालेपछि आमा बन्न बिबहानै गर्नु नपर्ने हिंजो आजको अबस्था सिर्जित भयकोछ।
अनि सबैभन्दा निस्वार्थ स्नेह पनि अब सबैभन्दा महेंगो बस्तुको रूपमा बिकसित हुंदै गयकोछ।एकातिर बिषाक्त भोजन जस्ले मानिसको सरिरको जिवाणुलाई नष्ट गर्दै लगेकोछ आर्को तिर बिर्य दान वा त्यसको कारोबार बढ्दै गयपछि आउँने दिनहरूमा मानिस भित्रको पुरूष तत्व सकिंदै गयो भने बाजारबाट बिउको माग बढेर जाने अनि किरायको कोख ब्लैकमा बिक्ने सम्भावना देखिन्छ।अहिले विस्वको खानपानमा ध्यान दिंदा यो अबस्था भोलिका दिन हरूमा हाम्रो समाजमा छिट्टै बिकसित नहोला भन्न गारोछ।
अहिलेको यो ओपचारिक पुरागर्ने परमपरा र खानपानले गर्दा हाम्रो
समाजको अबस्था केहोला?भनेर अध्यायन गर्दा यो निष्कर्षमा यो लेखक पुग्यो।यसलाई अन्यथा नलिन अनुरोध गरें।

चर्चामा

सम्बन्धित समाचार