शुक्रबार, बैशाख ७, २०८१

गजल!

  • मङ्लबार, बैशाख २०, २०७९
गजल!

लेखनमा धेरै उदेश्यछन रहर मात्र होइन,
नदीमा पानी पनि हुन्छ बगर मात्र होइन।

मलाई यही समाजनै बद्लुनुछ कलम ले,
आमा आफ्नो यही एउटा घर मात्र होइन।

अहिले लुटेराहरूले राज गरेकाछन यहाँ,
मनभित्र आक्रोश पनिछ डर मात्र होइन।

संसारको शक्तिशाली कलम र तरवारहो,
समाज बदलियो धर्ति अंबर मात्र होइन।

एकक्षाण सोंच्छु एकान्तमा शक्तिकै बारे,
साहित्ये साधना गहनहो भर मात्र होइन।

कुना कुना मा प्रकाश पार्न सक्ने कविता,
सूर्य चन्द्रकै उच्च गुणंहो समर मात्र होइन

सुरेशकुमार पान्डे ।

चर्चामा

सम्बन्धित समाचार