शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • सदरमुकाम मार्तडीको मालिका माबि अख्तियारको छानबिनमा

सदरमुकाम मार्तडीको मालिका माबि अख्तियारको छानबिनमा

  • सोमवार, बैशाख १९, २०७९
सदरमुकाम मार्तडीको मालिका माबि अख्तियारको छानबिनमा

बाजुरा– सदरमुकाम मार्तडीमा रहेको मालिका माध्यामिक बिद्यालय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेको छ । बिद्यालयको भौतिक संरचना निर्माणमा अनियमितता भएको उजुरीका आधारमा छानबिनमा परेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यलयले बिद्यालयमा निर्माण भएका भौतिक संरचना तथा आर्थिक कारोवारको बारेमा स्थलगत अनुगमन सहित छानबिन गरेको हो । नमुना विकास कार्यक्रमको बजेटमा अनियमित भएको उजुरि परेपछि आयोगले छानबिन शुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यलयका शाखा अधिकृत चन्द्रकान्त बस्नेतले वताए ।
बिद्यालयमा निर्माण भएका शौचालय, पुस्तकालय, आइसिटि ल्याब, पर्खाल, भवन निर्माणमा अनियमित भएको भन्दै आयोगमा उजुरी परेको कार्यलयले जनाएको छ । ईन्जिनियर सहितको टोलिले स्थलगत अनुगमन गरेर कागजपत्र छानबिन गरिरहेको शाखा अधिकृत बस्नेतले वताएका छन् ।
मालिका माबिलाई नमुना बिद्यालयमा नमुना विकास कार्यक्रम भनेर २०७५ साल देखी सञ्चालनमा रहेको छ । पटक पटक उक्त कार्यक्रमको बजेट अनियमित भएको भन्दै जनगुनासो समेत आइरहने गरेको थियो । नमुना बिद्यालय विकास कार्यक्रम अन्र्तगत २०७८ असार मसान्त सम्म ३ करोड ९८ लाख ५० हजार रकम भुक्तानि भइसकेको छ ।
उक्त रकम मार्फत ७ वटा भौतिक निर्माण र अन्य शैक्षिक गतिबिधिमा खर्च भएको छ । ८६ लाख ४ हजार ३ सय ५९ शिक्षक कर्मचारी व्यबस्थापनमा खर्च गरेको बिद्यालयले जनाएको छ । बाजुराको सबैभन्दा बढी बिद्यार्थी अध्यनरत बिद्यालय मालिका माबि हो । बिद्यालयमा २२ सय बढी बिद्यार्थी अध्यनरत रहेका छन् । बिद्यालयमा अाेभरसियर सब अाेभरसेयर समेत पढाइ हुने गरेको छ ।
नमुना विकास कार्यक्रमको बजेट नेपाल सरकार मार्फत नगरपालिका हुदै बिद्यालयमा आउने गरेको छ । बिद्यालयका प्रअ शुभराज पाध्यायले भने अख्तियारमा उजुरी परेर अख्तियारको टोली बिद्यालयमा पुगेको वताए । कामको रकम भुक्तानि सबै नगरपालिकाले दिने गरेको हो, काम गुणस्तर भए नभएको सबै जाँच गरेर मात्र नगरपालिकाले भुक्तानि दिएको हुन सक्ने पाध्यायले वताए । अख्तियारमा उजुरी परेपनि बिद्यालयमा त्यस्तो अनियमित भने नभएको उनको दाबि रहेको छ ।
बडिमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दात्ताराम प्याकुरले भने बिद्यालय अख्तियारको छानबिनमा परेको वताए । अनियमित भए नभएको बारे अनुसन्धनमा रहेकाले केही भन्न नमिल्ने अख्तियारले नै बताउने उनले वताए । सदरमुकामको बिद्यालय भएकाले पनि सबैको चासो मालिका माबिमा ध्यान जाने गरेको छ । बाजुराका अन्य बिद्यालय पनि अख्तियारकाे छानबिनको घेरामा रहेको अख्तियारले वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार