बिहिबार, बैशाख १३, २०८१

गजल!

  • आइतवार, बैशाख १८, २०७९
गजल!

आमा हुनुभएको ठाउँ कति भरिलो हुन्छ,
म मताको आंचलमा बांच्न सजिलो हुन्छ।

मलाई भगुवान भन्नु आमाको चरणनै हो,
बांकी सबै ढोङ्ग पाखण्ड अगत्तिलो हुन्छ।

मान्छेहरूले कामलाई पुजा सम्झिनु राम्रो,
अल्छिको बिचारनै सधैभरी अमिलो हुन्छ।

स्वर्ग यहीं नर्क यँही अन्तहुंदैन कुनै बसेरा,
आमा शब्दनै संसार भरीमा व़झिलो हुन्छ।

आमा बिनाको श्रृष्ठीछैन चराचर जगत मा,
म मताकै दायित्व सबैभन्दा अंघिलो हुन्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार