शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा बिभिन्न पदका ८१ जना स्वतन्त्र उम्मेदवार

बाजुरामा बिभिन्न पदका ८१ जना स्वतन्त्र उम्मेदवार

  • शुक्रबार, बैशाख १६, २०७९
बाजुरामा बिभिन्न पदका ८१ जना स्वतन्त्र उम्मेदवार

बाजुरा — स्थानिय तहको निर्बाचनका लागि बाजुरा जिल्लामा बिभिन्न पदका ८१ जनाले   स्वतन्त्र उम्मेदवार हरुले मनोनयन दर्ता गराएका छन्  । निर्बाचन आयोगको तथ्याङ्क अनुसार बाजुरामा सबै भन्दा बढि त्रिबेणी नगरपालिकामा सबैभन्दा बढि स्वतन्त्र उम्मेदवार रहेको पाईएको छ ।
जिल्लाको त्रिबेणी नगरपालिकामा बिभिन्न पदकका  ३२ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्बाचन आयोगको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यसै गरी गौमुल गाउँपालिकामा १ जना, खप्तड छेडेदह गाउँपालिकामा १० जना, जगन्नाथ गाउँपालिकामा ३ जना, बडिमालिका नगरपालिकामा २ जना, बुढिगंगा नगरपालिकामा १२ जना, बुढिनन्दा नगरपालिकामा ६ जना, स्वामिकार्तिक खापर गाउँपालिकामा ११ जना र हिमाली गाउँपालिकामा ४ जना गरि ८१ जनाको स्वतन्त्र उम्मेदवारी परेको निर्बाचन आयोगको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

तथ्याङक अनुसार कुन पदमा कति भन्ने कुरा भने अझै खुलाएको छैन ।

चर्चामा

सम्बन्धित समाचार