बिहिबार, बैशाख ६, २०८१

गजल!

  • शुक्रबार, बैशाख १६, २०७९
गजल!

देशलाई ठुलो खतराछ यिनै वे-मानले गर्दा,
बिकासक नाममा गर्ने त्यही उखानले गर्दा।

छोरा छोरीलाई चत्रक छाडेर बिदेश हिंड्यौं,
आफ्नै घरमा भोका र प्यासा जहानले गर्दा।

बा आमा बोझभए ढुङ्गा भन्दापनि उसलाई,
आमा बा भन्दा धेरै आस्था भगुवानले गर्दा।

ज्युँदालाई सिटामोल दिन न सक्नेहरू पनि,
बृद्धाको नाम मा शुन चढाउंदैछ शानले गर्दा

अचेल मन्दिरमा पनि खिचातानी हुनथाल्यो,
मन्दिरमा चढाउँने शुन चांदीको दानले गर्दा।

नेताले राजधानिमा शिसाको महल ठडायो,
गरिबको बास भुटियो दुईपाथि धानले गर्दा।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार