• होमपेज
  • कला /साहित्य
  • रास्ट्र सेवक बन्ने अबसर दिनु

रास्ट्र सेवक बन्ने अबसर दिनु

  • बुधबार, बैशाख १४, २०७९
रास्ट्र सेवक बन्ने अबसर दिनु

जनताको भाेकाे पेट देख्ने काेहि छैन
ठुला ठुला कुरा मात्रै गर्ने केही हाेईन

सिमानामा देश रुदा अाँसु पुछ्ने काेहि छैन
रास्टियता का कुरा हाक्छन जाेगाउने हाेईन

तुईन काटि हत्या हुदा सरकार बेखबर
बिषादि तरकारी फलफूल भित्री हस्ताक्षर

पाँच हजार मा नागरिता कर्मचारी तन्त्र
यस्तो कुरा अन्त्य गर्न कुन लगाउनु मन्त्र

नापिबिभाग कर्मचारी पैसा मै बिक्छन
सिमाना काे नजिक पुग्दा अाईसि नाेट देख्छन

सरकार पनि कस्तो अाउछ मिलिजुली खाने
जनता लाई थिचोमिचो न्याय कहिले पाउने

नेता गर्छन हावा कुरा बिजुलि काे तार
सिलिन्डर भारि हुन्छ ,मिटर बक्स राख

पानिजहाज हावा कुरा ग्यास पनि हावै
जाेक्कर का पछि लाग्छन याे दुनिया बावै

चुच्चे नक्सा कागज मा दक्षिण काे गस्ति
रातदिन सिमा मिचे हिजाे र अस्ति

जाेक्कर का झुट्टा कुरा तालि पिट्ने सबै
कञ्चनपुर काे बेलाैरि मा सिमा मिच्ने उनै

अहिले पालाे जनताको रास्ट जाेगाउने
दलालि र घुसखाेरि लाई सत्ताच्युत गर्ने

२०७९ साल बैसाख ३० मा एउटा भाेट दिनु
रास्ट सेवक बन्ने अबसर मलाई नै दिनु

चर्चामा

सम्बन्धित समाचार