मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कु नियतीले गर्दा भाई भाईमा दरार भएको थाहाछैन,

कु नियतीले गर्दा भाई भाईमा दरार भएको थाहाछैन,

  • मङ्लबार, बैशाख १३, २०७९
कु नियतीले गर्दा भाई भाईमा दरार भएको थाहाछैन,

कु नियतीले गर्दा भाई भाईमा दरार भएको थाहाछैन,
आपसी फुटले गर्दा आफै लाई हार भएको थाहाछैन।

भन्नेले भन्छन चुनाव आयो अब के के मिल्छ गाउँमा,
उनै भ्रष्टचारीहरू को ब्यापक प्रचार भएको थाहाछैन।

हो संगठित भएर नै अब प्रतिगमनको बिरोध गर्नुपर्ला,
ठाउँ ठाउँ प्रतिगामी शक्तिको आधार भएको थाहाछैन।

आमाहरूले धर्मको पहाड बोकेर कुप्रि परिसके हाम्रा,
याहाँ त पाइलै पछी न्यायको ब्यपार भएको थाहाछैन।

अहिले क्रान्तिको नाटक गर्नेहरू को कमि छैन देशमा,
उनि आफै प्रतिगामीहरूको औजार भयको थाहाछैन।

आउ सम्बिधान बाट संघियता हटाउं एम सीसी फालौं,
सांच्चैभन्दा शहिदकै बलिदान वेकार भएको थाहाछैन।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार