बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • पार्टीको गुट नमिलेपछि अयडी पालिका बाटनै सिफारीसमा परेनन्

पार्टीको गुट नमिलेपछि अयडी पालिका बाटनै सिफारीसमा परेनन्

  • शनिबार, बैशाख १०, २०७९
पार्टीको गुट नमिलेपछि अयडी पालिका बाटनै सिफारीसमा परेनन्

बाजुरा — नेपाली काँग्रेस बाट त्रिवेणी नगरपालिकाको नगरप्रमुखमा दाबि गरिरहेका निबर्तमान जिल्ला कार्यसमिति सचिव रनसिं अयडी नगरपालिका बाट नै सिफारीसमा परेका छैनन् । पार्टीको गुट नमिलेका कारण उनी नगरप्रमुखमा नेपाली काँग्रेस त्रिबेणी नगर कार्य समितिको सिफारीस नपरेको त्रिबेणी काँग्रेस एक नेताले बडिमालिका खबर सँग बताएका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्यसमितिले पहिलो चरणमा जिल्ला बाट सिफारीस गर्दा पनि त्रिवेणीको नगरप्रमुख रनसिं अयडीको नाम सिफारीस परेन् । प्रदेशले बिधान बमोजिम नभएको पुन पालिका बाट सिफारीस गर्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएको थियो ।
फेरि पालिका स्तरमा सिफारीस गर्दा जिल्ला बाट नै सिफारीस गरेका कर्णबहादुर थापा र मिन बहादुर भण्डारीको नाम नगरप्रमुखमा सिफारीस भएको काँग्रेसकाे एक स्रोतले जनाएको छ । दोस्रो पटकको पालिका बाट सिफारीस नहुदा रनसिं अयडीको टिकट नपाउने पक्का पक्कि जस्तो भइसकेको छ । उनि देउवा गुटमा छन्, भने नगर कार्यसमिति र जिल्ला कार्यसमिति कोइरला तथा रामसिं रावल पक्षको स्पष्ट बहुमत रहेको छ । पालिकामा अयडी पक्ष अर्थात देउवा गुट कमजोर भएकाले उनको नाम सिफारीसमा पर्न नसकेको देउवा पक्षका एक नेताले वताए ।
रनसिं अयडीले काँग्रेसकाे भर्खर सम्पन्न जिल्ला अधिबेशनमा सचिबमा पराजित भएका थिए । अयडी त्रिबेणी नगरपालिकाको नगरप्रमुखको बलियो उम्मेदवारका रुपमा प्रस्तुत गर्दै गएका भएपनि पालिका बाट नै उनको नाम सिफारीस हुन सकेको छैन् । रनसिं अयडीले बडिमालिका खबर सँग कुरा गर्दै भने पालिका बाट सिफारीस गर्ने नगर्ने कुरा फरक हो, तर आफु नगरप्रमुखको बलियो उम्मेदवार रहेको वताए । यो पार्टीकाे चुनाव हैन्, कुनै गुटको हैन, जनताको चुनाव हो तसर्थ आफ्नो नगरप्रमुखमा उम्मेदवार रहेको वताए ।
बडिमालिका खबरको प्रश्नमा टिकट नपाउदा के गर्नुहुन्छ भन्दा पहिलो प्रथम त आफुलाई पाटिले अन्याय नगर्ने टिकट पाउनेमा ढुक्क रहेको वताए । गुटबन्दिका आधारले आफु माथि अन्याय गरिन्छ, भने जनतको निणर्य अनुसार अघि बढने अयडीले वताए ।
नेपाली काँग्रेसले गाउँपालिकाको उम्मेदवारी जिल्लामै टुङ्गो लगाउनु पर्ने रहेको छ । नगरपालिकाको भने प्रदेशमा सिफारीस गर्नुपर्ने रहेको छ । पालिकाबाट नगरप्रमुखमा एकजना महिला सहित तिनजना सिफारीस गर्नुपर्ने बिधानमा रहेको छ । तर बाजुराका चार स्थानिय तहले सिफारीसमा धेरै नाम पठाएको जिल्ला कार्यसमितिले भने बिद्यान अनुसार प्रदेशमा नाम सिफारीस गरेको दाबि थियो । प्रदेशले पुन पालिका बाटनै बिद्यान अनुसार पठाउन निर्देशन पछि पालिका बाटनै सिफारीस गर्न शुरु गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार