बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना

मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना

  • बिहिबार, बैशाख ८, २०७९
मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना

बाजुरा — बाजुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । स्थानीय तहको निर्वाचनका लागि बाजुराको सदरमुकाम मार्तडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार आज बाजुराको सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसंगै जिल्लाका सवै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भईसकेका छन् । निर्वाचनका लागि निर्वाचन अधिकृतहरु जिल्लाका ९ वटै पालिकामा यस अघि नै खटि सकेका छन् ।
स्थानीय तहको निर्वाचन आउन करिव ३ साता बाँकी रहेको छ । जिल्लामा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाभर ७० वटा मतदान केन्द्र र १ सय १२ निर्वाचन स्थल तोकिएका छन् । बाजुरामा ८२ हजार ६ सय ७० जना मतदाता रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार