मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • बुधबार, बैशाख ७, २०७९
गजल!

वर्गशंघर्ष गरेपछि साहाकार हुनेरैछ थाहा भयो,
सर्वहाराको हातमै कार्यभार हुंनेरैछ थाहा भयो।

खदेडेर अवसरबादीहरूलाई समेत केरेंस्कीहरू,
आंटभए त क्रान्तिकै आधार हुनेरैछ थाहा भयो।

कलम तरवार चलाए लेनिनले गरिवको हितमा,
ख्रुचेवको हातमा दुष्ट तरवार हुनेरैछ थाहा भयो।

जारले गरिब किसान श्रमजीवी लाई दमन गर्दा,
आफ्नो सत्ता ढाल्ले औजार हुनेरैछ थाहा भयो।

मार्क्सवादलाई ब्यबहारमा उतारेर देखाए उनैले,
क्रान्ति सफल नियम अनुसार हुनेरैछ थाहाभयो।

अध्यायनगरौं सबैले मेन्सेविक बिरूद्धको शंघर्ष,
सम्झौताहिन शंघर्ष लगातार हुने रैछ थाहा भयो।

जव उर्लियो जनसागर रूसको धर्तिमा त्यो वेला,
सांचै अक्टुवर क्रान्ति आरपार हुनेरैछ थाहाभयो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार