मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • सोमवार, बैशाख ५, २०७९
गजल!

देश र जनताकै हितमा गजल जस्तै गजल हुनुपर्छ,
साहित्यकारको पनि बिच बिचमा छलफल हुनुपर्छ।

उसले त सधै बिलासीता मा समय खेरा फाल्ने गर्दा,
कहिले नफर्किने बितेको त्यही अमूल्य पल हुनुगर्छ।

भनिन्छ साहित्य देशकै गहनाहो साहित्यकार पार्खी,
तेसैले त देशकै हितमा निरन्तर कलम अटल हुनुपर्छ।

छोराले बा र आमाको उपचारमा रगत बेचेको देख्दा,
एउटा साहित्यकारको रचनामा आंसुको भल हुनुपर्छ।

प्रेमिले आफ्नो प्रेमिकालाई आकासको जुन टिप्नेभने,
जस्तै नेताको भासणमा झुठको उथल पुथल हुनुपर्छ।

मैले आजिवन देश जनता को हित मा कलम चलाएँ,
खै त्यो पनि त एउटा साहित्यकारको अम्मल हुनुपर्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार