गजल!

  • आइतवार, बैशाख ४, २०७९
गजल!

कसैले आत्म त्याग गरेर जिवन बितायो,
सकी नसकी जंगार तरेर जिवन बितायो।

उस्को अरूको लागी सुलिमा चड्ने बानी,
रङ्गमञ्च बाट नै पर सरेर जिवन बितायो।

गद्धार भयो भन्छन उसैलाई बुझ्न नसकी,
जो सधै आन्दोलनमा परेर जिवन बितायो।

स्वार्थिभयो ऐयास भयो बाटो बिरायो भने,
जस्ले पल पल आफु मरेर जिवन बितायो।

मान्छेको जात लाई जे गरेपनि सुःख हुँदैन,
अरू सिखरमा आफु झरेर जिवन बितायो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार