शुक्रबार, जेष्ठ ४, २०८१

गजल!

  • शुक्रबार, बैशाख २, २०७९
गजल!

अहिले त धेरै सोंचेर मतदान गर्नु जनता,
स्थानिय मुद्धाहरू समाधान गर्नु जनता।

स्यानो ठुलो भन्दापनि नीतिलाई हेर्नुपर्छ,
अब त देशभक्तलाई सम्मान गर्नु जनता।

प्रतिगामी र बिदेशीको चलखेल बढेकैछ,
शंघर्ष राष्ट्रको हितमा उठान गर्नु जनता।

जनतासँग भोट लिएर कसको सेवा गर्छ,
देश हितमा उमिदवार छटान गर्नु जनता।

यो देशको अत्यान्तै सम्बेदनसिल घढी हो,
मतदान गर्दा न त मदिरापान गर्नु जनता।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार