मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • शिर्षक नया बर्षले सबैको सुरक्षा स्थापित

शिर्षक नया बर्षले सबैको सुरक्षा स्थापित

  • शुक्रबार, बैशाख २, २०७९
शिर्षक नया बर्षले सबैको सुरक्षा स्थापित

बिष्णु शर्मा 

आज 2079 साल बैशाख 1 गते अर्थात यो बर्षको पहिलो दिन यो युग एक्कासौ सताब्दीक‍ो युग हो आजका दिनसम्म देश बिदेशमा प्रबिधिको दिन दोगुना रात चौगुनाको प्रतिस्पर्धामा बिकास भएको छ तर पनि आजपनि देशको आधा भन्दा बढी जनसंख्या ढाकेको महिला जगतको शिशु देखि बृद्द सम्मको अस्मिताको रक्षा र जीवन रक्षाको निम्ति प्रस्नबाचक चिन्न खडा भइराखेको छ तत्कालै देशका विभिन्न स्थानहरुमा नाबालिकहरु माथि भएका बलत्कार र हत्याका घटनाहरुले उक्त परिबारलाइ मात्र नभएर पुरै देशलाई अशुरक्षित महषुस गराइरहेको छ,सबैका मुटुहरु छिया छिया पारेको छ।

बिडम्बनाको कुरा यस्ता किसिमका जघन्य अपराधहरु गर्ने नरभक्षीहरु नत कुनै अर्को बरमाण्डबाट आएका हुन नत अर्को देशबाट, नत अर्को प्राणी नै हुन्।यी त हाम्रै देशका अझ त्यसमा पनि बर्गको उत्पती पश्चात् हरेक देशको कानुन र परम्पराले घरदेखि देशका महत्त्वपूर्ण निकायहरुमा मुखियाको रुपमा बिराजमान बनाएको मानव प्राणी हुन।यहाँ संपूर्णलाई भन्न खोजीएको होइन।यहाँ त्यस्तो प्राणीलाइ भन्न खोजीएको छ जसले समाजमा रहेका संपूर्ण पुरुुष जगतलाइ नै कलंङकित पार्ने कोशिश गर्दै आयो ,आफन्त प्रती नै अबिस्वास गर्न बाध्य बनायो ,जसले यस्ता किसिमका घटनाहरुलाइ प्रोत्साहन दियो ,जो देखेर पनि मुखदर्शक बन्यो ,जसले महिला हिंसाका बिरुद्ध उठ्ने आवाजहरुलाइ दबाउने कोशिश गर्यो,जसले सबै किसिमका बिबादमा परेकाहरुलाइ जहिल्यै राज्य सञ्चालनका महत्वपुर्ण निकायहरूको लागि प्रस्ताबित गर्यो।

देशका हरेक नागरिकको रेखदेख र संरक्षणको जिम्मा प्रथम राज्यको हुनुपर्छ ।त्यसपछि अन्य संघ सस्था र राजनैतिक दलहरुको तर देशमा दुइतिहाइको बामपंथी सरकार पनि आयो दोषीलाई कार्बाइ र पिडितलाइ न्याय दिलाउने कुरामा सदा बिफल नै रह्यो ।अहिलेको सरकारले पनि यिनी बिषयहरुमा आजसम्म बोली अनुसारको तदारुकता देखाएको पाइएको छैन बरु एम सी सी जस्तो कालान्तरमा देशलाई नै धरापमा पार्ने सम्झौता संषदबाट पास गरेर आफ्नो कार्यकाललाइ कलङ्कित बनाएको छ।

आजसम्म सबै देशका सरकारले राष्ट्रियता र जनजिबिकाको बिपरित बाटो समात्यो भने उसलाई सहि बाटोमा ल्याउन सरकार चलाउन सक्ने हतियार प्रदान गरेका जनता नै सचेत र संगठित भएर अगाडि आएका इतिहास छन् अहिलेको नया बर्ष र यो बर्षको पहिलो महिनाको ३० गते हुन लागिरहेको चुनाबमा सहि पार्टी र उत्कृष्ट उम्मेबारलाइ आ आफ्नो अमुल्य मत दिई बिजयी बनाएर आफुले केही राहतको श्वास लिन पाउने बाताबरण अहिलेबाट नै तयार पार्नुपर्छ र मात्र नया बर्षको सुभकामनाको सार्थकता हुनेछ ।

।समाप्त।

चर्चामा

सम्बन्धित समाचार