मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाली सेनाद्धारा बिपत र दुर्घटनाको उद्धार सम्बन्धी डेमो प्रर्दशन

नेपाली सेनाद्धारा बिपत र दुर्घटनाको उद्धार सम्बन्धी डेमो प्रर्दशन

  • सोमवार, चैत्र २८, २०७८
नेपाली सेनाद्धारा बिपत र दुर्घटनाको उद्धार सम्बन्धी डेमो प्रर्दशन

बाजुरा — प्राकृतिक प्रकोप, दुर्घटना, आगलागी जस्ता विपदका घटनामा नेपाली सेनाले उद्धार, खोज तथा राहत वितरणको कामलाई प्रभाकारी रूपमा गर्दै आइरहेको छ । विपद्का घटनाहरूको सामना गर्न सेनाले तालिम प्राप्त सैन्य जनशक्तिलाई तयारी अवस्थामा राखेको हुन्छ । सोही अनुसार बाजुराको मार्तडीमा रहेको दुर्गा भञ्ज्याङ्ग गुल्मले पनि बिपत र दुर्घटनाको उद्धार कसरी गर्ने भन्ने बिषयमा डेमो प्रर्दशन गरिएको दुर्गा भञ्ज्याङ्ग गुल्मका सह सेनानी हेम महर्जनले बताए ।

No description available.
सेनाहरू जुनसुकै भूभागमा प्राकृतिक तथा अन्य विपत्तिका घटनाबाट मानिसको उद्धार तथा हराएका मानिसको खोजीकार्यका लागि परिचालित हुदा अपनाउने पर्ने सावधानी र र उद्धारलाई कसरी प्रतिकुल बनाउने भन्ने बिषयमा सो कार्यको डेमो प्रर्दशन गरिएको सह सेनानी महर्जनले बताए ।

No description available.
विशेषगरी बाढिबाट पुल बगाउदा वारपारको सुरक्षा गर्न खोलामा कसरी तर्ने भन्ने बिषयमा बाउली खोलामा प्रर्दशन गरिएको सह सेनानी महर्जनले बताएका छन । सेनाले सडक दुर्घटना, गहिरो खोच तथा गल्छीमा खसेका व्यक्तिको उद्धार गर्ने, नदी, तालमा फसेका व्यक्ति तथा हराएका वस्तुको खोज गर्ने कार्य कसरी गर्ने भन्ने बिषयमा ब्यारेक नजिकैको भिरमा डेमो प्रर्दशन गरिएको जनाएका दुर्गा भञ्ज्याङ्ग गुल्मका सह सेनानी महर्जनले बताएका छन ।

No description available.
दुर्गा भञ्ज्याङ्ग गुल्म थापाथली ब्यारेक मार्तडीको आयोजनामा गरिएको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेलको प्रमुख आतिथ्यमा संचालन गरिएको थियो । सो कार्यक्रमा जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुख र पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार