मङ्लबार, जेष्ठ ८, २०८१

रक्तिम तिमी !!

  • सोमवार, चैत्र २८, २०७८
रक्तिम तिमी !!

जनक बि सि भारत

देशलाई सामन्तवाद , पुँजीवाद र साम्राज्यवादकाे हस्तक्षेपबाट मुक्त गर्न ठुलो हात छ रक्तिम तिम्रो ।

तिमीले रक्तिम किरणहरु संसारभरि फिजि रहदा लाखौं लाख श्रमजीवी सङ्गठित गरेको इतिहास छ रक्तिम तिम्रो ।

गरिब दु:खिहरुकाे कथा ब्यथालाई रक्तिमकाे साङ्गेतिक काेसेलिमा गितद्वारा गाएर बाेलि दिदा आवाज मन पाउछन रक्तिम तिम्रो ।

आवाज निकालेर मन पराउने मात्र हाेईन तिमी जनताको घरदैलोमा कुदि रहेर जनतासँग नङमासुकाे सम्बन्ध बनेकाले ब्यबहारलाई मन पराउछन रक्तिम तिम्रो ।

३६ आै वर्षको इतिहास हेर्दा कठिन र चुनाैतिपुर्ण पाईलाहरु चलाइ रर्‍याै
बिचार, सङ्गठन र अनुशासनलाई नमान्दा अराजकलाई पन्छाएकाे राम्रो काम भएको छ रक्तिम तिम्रो।

अनुशासन बिहिन अराजकहरुले तिम्रो रक्तिम नाम राखेर भ्रम पार्दै छ यहाँ फेरि , आऊ रक्तिम तिमी आगाे झै दनदन दन्केर आऊ साथ दिन्छाै रक्तिम तिम्रो ।

चर्चामा

सम्बन्धित समाचार