मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बडिमालिका
  • उपमेयर बिष्ट भन्छन् – ‘मेयर भएर काम गर्नसक्ने आँट, सीप, क्षमता सबै छ’

उपमेयर बिष्ट भन्छन् – ‘मेयर भएर काम गर्नसक्ने आँट, सीप, क्षमता सबै छ’

  • सोमवार, चैत्र २८, २०७८
उपमेयर बिष्ट भन्छन् – ‘मेयर भएर काम गर्नसक्ने आँट, सीप, क्षमता सबै छ’

 बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले नेपाली काँग्रेस बाट नगरप्रमुखको दाबि गरेकि छन् । बिष्ट भन्छन्, पाँच वर्षे अनुभव छ, नगर हाँक्न सक्छौं, पाटिले आफुलाई एकपटक नगर चलाउन जिम्मा दिनुपर्ने वताईन् ।
संविधानले स्थानीय निर्वाचनमा एउटै दलबाट उम्मेदवारी दिंदा प्रमुख वा उप प्रमुखमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । तर बाजुरामा सबै पालिकामा महिलामात्र उप-प्रमुख छन् । एक पटक उपप्रमुख भइसकेकि बिष्टको दाबि यो पटक भने नगरप्रमुख रहेको छ । बिष्ट भन्छिन्, ‘हामीले पाँच वर्षमा अनुभव संगालेका छौं, अब नगर हाक्ने पालो हाम्रो हो ।’
२०७४ को चुनावमा नेकपा एमालेकि गिता रावललाई पराजित गर्दै २ हजार ९ सय ४५ मतका साथ बडिमालिका नगरपालिकाको उपमेयरमा कबिता बिष्ट विजयी भइन् । काँग्रेस बाट उम्मेदवार बनेकी बिष्टले गिता रावललाई ९३ मतअन्तरले पराजित गरिन् ।
संघीयताको पहिलो अभ्यास गर्दै गर्दा ०७४ को स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानीय तहमा उपप्रमुखको जिम्मेवारी महिलालाई दिइयो । उपप्रमुखको जिम्मेवारीमा रहँदा आफुले आफ्नो क्षमताको परीक्षण गरिसकेको बताउँछन् । त्यसैले पाँच वर्षे कार्यकाल पूरा हुँदै गर्दा बिष्टले आफूलाई मेयरको स्वभाविक दाबेदारका रूपमा अघि सारेको वताउछन् ।
‘मसंग उपमेयर भएर काम गरेको अनुभव छ, आफैले सुरुवात गरेका धेरै कामहरु अधुरा छन्, ती कामलाई पूरा गर्न पनि मेरो उम्मेदवारी रहन्छ’ बिष्टले भनिन् । नेतृत्वमा महिला आएको खण्डमा सामाजिक मुद्दाहरूले प्राथमिकता पाउने र सामाजिक विकास नभएसम्म अन्य विकास सम्भव नहुने उनको तर्क छ ।
निमित्त प्रमुखको जिम्मा लिएर काम गरिसकेको हुँदा प्रमुखको भूमिका उत्कृष्ट रुपमा सञ्चालन गर्न सक्ने उनको दाबी छ । ‘विशेष परिस्थितिमा मैले कार्यवहाक नगरप्रमुखको भूमिका निर्वाह गरेको थिएँ, जसले गर्दा मेयर भएर नगरको विकास र समृद्धिमा आफ्नो भूमिका सहज रुपमा निर्वाह गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ’ बिष्टले भनिन् ।
मेयर भएर काम गर्नसक्ने आँट, सीप, क्षमता सबै छ’ उनी भन्छिन्,’ महिलाले उठाउनुपर्ने धेरै सामाजिक मुद्दाहरु छन् जो पुरुषहरुले उठान गर्न हिच्किचाउँछन, त्यसैले पनि प्रमुख पदमा आउनुपर्ने आवश्यकता देखिन्छ ।’ ‘अब सामाजिक विकासबिना भौतिक विकासले अर्थ राख्दैन । सामाजिक विकासका लागी प्रमुख पदमा महिला नेतृत्व चाहिएको छ’ बिष्ट भन्छिन् ।
महिलाहरुले कार्यकारी भूमिका पाएको खण्डमा भ्रष्टाचार जस्ता क्रियाकलापमा कमी आउने उनको भनाइ छ । ‘महिला काममा इमान्दार हुन्छन्, जिम्मेवारी निर्वाह गर्छन्, त्यसैलेपनि महिलालाई प्रमुखको जिम्मेवादी सुम्पिने बेला आएको छ’ उनी भन्छिन् ।
आमाको माया धेरै समय नपाएकि बिष्ट सधै राजनिति तथा सामाजिक यात्रामा हुने वताउँछन् । बिष्ट नजन्मिदै आमा महामती बुढाले २०४० सालमा नेपाल महिला संघको क्रियाशिल सदस्यता लिएकि थिईन् ।
२०४५ साल पौष महिनामा जन्मेकी कबिता कक्षा ४ पढदै गर्दा आमा गुमाउनु परेको थियो । आमा महिला संघमा आबद्ध भएको उनले बुवा बाट जानकारी पाईन् । आमा अशिक्षित भएपनि आमाको सपना राजनितिक सँगै समाजसेवा गर्ने लक्ष्य थियो, तर अकालमै ज्यान गुमाएपछि आमाको सपना पुरा गर्न बिष्ट अहिले राजनितिक यात्रामा लागेको वताएकि छन् ।
राजनीतिमा मुख्य कुरा आफ्नो काम प्रतिको सन्तुस्टि नै रहेछ । राजनिति पद र अवसर भन्दा पनि सेवाका लागि गर्ने हो । मेरो पारिवारिक योगदान र मेरो क्षमतालाई पार्टीले मुल्यांकन गरी विभिन्न महत्पुणर् समयमा विशेष जिम्मेवारी दिएको छ । पार्टीले २० वर्षकै हुँदा मलाई महिला संघ बाजुराको जिल्ला कार्यसमिति सचिव र अन्तरपार्टी महिला संजाल जिल्ला सचिवको जिम्मेवारी दिएको थियो ।
नगरपालिकामा सामाजिक परिचालक हुदा नेपाल कर्मचारी युनियन संघ जिल्ला उपाध्यक्ष, अहिले नेपाली काँग्रेस जिल्ला कार्यसमिति मनोनित सदस्य हुदै सदरमुकाम नगरपालिकाको उपप्रमुखसम्मको जिम्मेवारी पार्टीले दिएको छ । यी विभिन्न समयमा प्राप्त अवसरहरु मेरा लागि निकै महत्वपूणर् रहेका बिष्ट बताउँछन् ।
स्व. आमाको आशिर्वादले आज म यहाँसम्म पुगेकी हुँ । दिदी बहिनीहरु र भाउजुको मुख्य पेशा खेति किसानी र ज्याला मजदुरी नै थियो र आज पनि त्यही छ । मेरा सबै दिदिबहिनी र भाउजुहरु सामान्य साक्षर मात्र हुनुहुन्छ । म कडा महेनत र परिश्रम बाट यो स्थानमा पुगेकी हु, अझै यात्रा लामो रहेको बिष्ट बताउँछन् ।
आफ्नो राजनिति र सामाजिक यात्रामा हेर्दा सामान्य अवस्थामा महिलाहरुले आफ्नो जीवन बाँच्न पाएको जस्तो देखिन्छ तर महिला भएकै कारण भोग्नु पर्ने अपमान, बलात्कार, हिसांजन्य कृयाकलापको श्रखृला हेर्दा निकै कठिन छ । समानता कायम गर्न नैतिकवान समुदाय हुनुपर्दछ । नैतिकता ह्रास भयो भने मात्र समाजमा अराजकता सिर्जना हुन्छ । वर्तमान अवस्थामा कडा भन्दा कडा कानूनी कारवाही नै सामाजिक समानता कायम गर्ने कडी हो जस्तो लाग्छ ।
वास्तवमा विकासका लागि संसारकै करिब आधाभाग ओगट्ने महिला र पुरुषबीच शिक्षा, स्वास्थ्य, रोजगारका साथै आर्थिक, राजनीतिक, सामाजिक सबै क्षेत्रमा समानताका लागि लैङ्गिक समानताले सहयोग पुर्‍याउँछ भन्ने दृष्टिकोण हो । लैङ्गिक समानताका लागि महिला र पुरुषको समान भूमिका हुन्छ । धर्म, संस्कृति र जात जाति अनुसार लोग्ने र स्वास्नीको भूमिका फरक हुने गर्छ । हिन्दु धर्मले महिलालाई अर्धाङ्गिनीका रूपमा लिएको छ । पाटिले पनि आफुलाई नगरप्रमुखको जिम्मेवारी दिन उचित मुल्याकंन गर्छ बिष्ट बताउँछिन् ।

चर्चामा

सम्बन्धित समाचार