सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • एमालेबाट बडिमालिका नगरको प्रमुखमा एकल उम्मेद्धारकाे रूपमा खड्का सिफारिस

एमालेबाट बडिमालिका नगरको प्रमुखमा एकल उम्मेद्धारकाे रूपमा खड्का सिफारिस

  • सोमवार, चैत्र २८, २०७८
एमालेबाट बडिमालिका नगरको प्रमुखमा एकल उम्मेद्धारकाे रूपमा  खड्का  सिफारिस

बाजुरा — स्थानिय तहको निर्बाचनका लागि बडिमालिका नगरपालिकामा नेकपा एमालेबाट अमर खड्काको एकल उम्मेदवारी सर्बसम्बत भएको छ । नेकपा एमाले बडिमालिका नगरकमिटिको बैठकले खड्कालाई एमाले बाट सर्वसम्मत उम्मेद्धारको रुपमा सिफारीस गरेर पठाएको बडिमालिका नगर कमिटि अध्यक्ष धर्मराज पाध्यायले बताएका छन ।
नेकपा एमाले बाजुराका संगठन बिभाग प्रमुख समेत रहेका खड्कका नगर प्रमुखमा सर्वसम्मत एकल उम्मेद्धार बनेको नेकपा एमाले नगर कमिटि अध्यक्ष पाध्यायले बताए ।
त्यसै गरी उप प्रमुखमा ३ जना महिलाको नाम सिफारीस गरेको नगर कमिटिले जनाएको छ । सिफारीस हुनेमा दुर्गा रोकाया थापा, सिता बराल थापा र नन्दा थापाको नाम सिफारीस गरिएको नगर कमिटिले जनाएको छ । त्यस्तै आकाक्षीमा रहेका अन्य ३ जना महिलाको समेत नाम पठाएको जनाएको छ । अन्यमा कल्पना महत, तुला पाध्या र तुल्छी नाथ गिरीको नाम नेकपा एमाले बडिमालिका नगर कमिटिबाट पठाएको जनाएको छ ।
नगर प्रमुखमा एकल उम्मेदवार बनाउने नेकपा एमाले बडिमालिका नगरपालिका नगर कमिटी दोस्रो पालिका बनेको छ । यस अघि बुढिनन्दा नगर कमिटिले पार्टीका उप सचिव जनक बोहोरालाई एकल उम्मेद्धार बनाएर सिफारीस गरीसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार