• होमपेज
  • कला /साहित्य
  • कति आंसु बगेको होला पिरले

कति आंसु बगेको होला पिरले

  • आइतवार, चैत्र २७, २०७८
कति आंसु बगेको होला पिरले

कति आंसु बगेको होला पिरले यो वेला
मुटुनै छिया छिया पार्यो झिरले यो वेला।

आंखा आफ्नो पनि आज छैन ओवानो,
भन्छन कहांपुराउँला तक्दिरले यो वेला।

कसैलाई कति छिट्टै आउँनेरैछ कालपनी,
छक्कैपय्रो यो उमेरको लकिरले यो वेला।

बुझ्नै नसक्ने खेल हुनैरहिछ भुलभुलैयाँ,
लढायो अकालमै कालो भिरले यो वेला।

काल लिन आए पछि रोक्नै नस्क्ने रैछन,
धर्तीका मान्छे न गरिब अमिरले यो वेला।

सुन्दा हृदय बिदारक घटना हुनेरैछ दुःख,
छिया छिया पारेकैछ मुटु तिरले यो वेला।

चर्चामा

सम्बन्धित समाचार