सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • चैते दशैंको अवसमा मार्तडी बजार ब्यबस्थापन समितिद्धारा बडिमालिका मन्दिरमा घण्ट चढाए

चैते दशैंको अवसमा मार्तडी बजार ब्यबस्थापन समितिद्धारा बडिमालिका मन्दिरमा घण्ट चढाए

  • शनिबार, चैत्र २६, २०७८
चैते दशैंको अवसमा मार्तडी बजार ब्यबस्थापन समितिद्धारा बडिमालिका मन्दिरमा घण्ट चढाए

बाजुरा — नेपालीहरुले आज चैते दशैं पर्व मनाउँदैछन् । प्रत्येक वर्ष चैत्रशुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैं मनाइन्छ । सोही अबसमा सदरमुकाम मार्तडीमा रहेको बजार ब्यवस्थापन समितिद्धारा बडिमालिका मन्दिरमा करिव एक लाख बराबरको घण्ट चढाएको छ । बजार ब्यबस्थापन समितिले चन्दा संकलन गरि बडिमालिका मन्दिरमा घण्ट चढाएको बजार ब्यबस्थापन समितिले जनाएको छ । बिधिवत रूपमा पुजा गरेर मन्दिरमा घण्ट चढाएकाे बजार ब्यबस्थापन समितिले जनाएकाे छ ।

No description available.
चैते दशैं र रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि बडिमालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । सदरमुकाम मार्तडीकाे दुनी हाटबजारबाट बाजागाजाका साथ बजार परिक्रमा गरी बडीमालिका मन्दीरमा पुगेर बिधिवतरूपमा घण्ट चढाएकाे बजार ब्यबस्थापन समितिका प्रेम नाथले बताएका छन । साे कार्यक्रममा बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवाल उप प्रमुख कबिता बिष्ट, वडा न ३ का वडा अध्यक्ष बिर बहादुर र वडा न ८ का वडा अध्यक्ष प्रकाश रावल समेतकाे उपस्थिती रहेकाे थियाे । साे कार्यक्रममा बजार ब्यबस्थापन समितिका सदस्य बजारबासीहरू लगायत भक्तजनहरूकाे सहभागीता रहेकाे थियाे ।

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी ‘रामनवमी’ पर्व मनाइन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा मन्दिरमा पूजापाठ गरिन्छ ।

No description available.
त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

No description available.
आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । यसै विश्वासका आधारमा आज लाखौँ भक्तजन व्रत बसी श्रीरामचन्द्रको पूजा आराधना गर्छन् ।

No description available.
अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्मिएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको थिए । उनले संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएको रामायणलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

No description available.

उनको जन्म भएको सम्झनाका आधारमा रामनवमी पर्व मनाउन थालिएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार