आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बडिमालिका
  • वडा अध्यक्ष रावलद्धारा बडिमालिकाको मेयरमा उम्मेद्धारी दिने घोषणा

वडा अध्यक्ष रावलद्धारा बडिमालिकाको मेयरमा उम्मेद्धारी दिने घोषणा

  • शुक्रबार, चैत्र २५, २०७८
वडा अध्यक्ष रावलद्धारा बडिमालिकाको मेयरमा उम्मेद्धारी दिने घोषणा

स्थानिय तहको निर्बाचन नजिकीय संगै चनावी सग्रर्मी बढेको छ । स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यअवधि सकिन केही दिन मात्रै बाँकी छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बिभिन्न राजनितिक दलबाट उम्मेद्धारहरु छनौटमा पनि सकस देखीएको छ । स्थानीय सरकारको प्रतिनिधि जेठ ६ गतेभित्र जिम्मेवारीमा आइसक्ने गरी भन्दै आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न सरकारले घोषणा गरिसकेको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा बाजुरा बडिमालिका नगरपालिका-८ को वडाअध्यक्षमा निर्वाचित प्रकाश रावलले पनि नेपाली काग्रेसबाट मेयरका लागि दावी गरेका छन
। उनले वडाअध्यक्षमा राम्रो अनुभव भएको र अव मेयरमा लड्ने आकाङ्क्षा रहेको बताए । उनी आफु युवाका मनमा सजिलै बस्न सक्ने युवका समेत चिनिएको दावी गरेका छन् । पार्टी र नागरिकले विश्वास गरे आफू मेयरमा निर्वाचन लड्ने रावलले बताएका छन । उनले आफूले त्यही अनुसार तयारी गरिरहेको बताए । सामाजिक र मानवीय, आर्थिक विकास र रोजगारीको विशेष फोकस गरी अबका योजनाहरू निर्माण गर्न आफु मेयरमा लड्ने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार