सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका ५८ हजार बालबालिकालाई टाईफाईट बिरूद्धकाे खोप लगाईदै

बाजुराका ५८ हजार बालबालिकालाई टाईफाईट बिरूद्धकाे खोप लगाईदै

  • शुक्रबार, चैत्र २५, २०७८
बाजुराका ५८ हजार बालबालिकालाई टाईफाईट बिरूद्धकाे खोप लगाईदै

बाजुरा–  जिल्लाका ५८ हजार बालबालिकाहरुलाई टाईफाईट बिरुद्धको खोप लगाईने भएको छ । शुक्रबार खोप समन्वय समिति तथा पत्रकारहरु संग गरिएको छलफल गोष्टीमार्फत सो जानकारी गराएको हो । बाजुरामा बैशाख ४ गते देखी ८ गते सम्म टाइफाइडविरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाइने भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ ।

देशभरी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने तयारी अनुसार बाजुरामा बैशाख ४ गते देखी ८ गते सम्म खोप लगाइने भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दायकृष्ण पन्तले बताएका छन् ।

खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोपकेन्द्रको तयारी भइसकेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । बाजुरामा १५ महिना देखी १५ बर्ष सम्मका ५८ हजार जना बालवालिकालाई खोप लगाउने तयारी रहेको कार्यालय प्रमुख पन्तले बताएका छन् ।
टाइफाइड विरुद्धको खोप नेपालमा पहिलो पटक बालबालिकालाई दिन लागिएको हो । सो अभियान पश्चात नियमित खोपका रुपमा १५ महिना पुगेका बालबालिका लागि प्रयोग गरिने स्वास्थ्य कार्यलय बाजुराका सुचना अधिकारी महेश चन्द्रले वताएका छन् ।

यो सँगै नेपालमा बालबालिकालाई दिइने नियमित खोपको संख्या १३ पुग्नेछ । खोप केन्द्र स्वास्थ्य केन्द्र र बिद्यालयमा राखिने भएको छ । जिल्लाका ३ सय ४८ ठाउँमा रहेका खोप केन्द्रमा ३ सय ४८ स्वास्थ्यकर्मी र ६ सय ७६ स्वयसेवक परिचालन हुने सुचना अधिकारी चन्द्रले बताएका छन् ।

टाईफाईट रोग बिरुद्धको खोप अभियान सम्बन्धी जिल्ला स्तरिय खोप समन्वय समिति तथा संचारकर्मीहरुसंगको अन्तरक्रिया तथा छलफल गोष्टीको आयोजना गरी टाईफाइट सम्बन्धी जानकारी र खोपका बारेमा जानकारी गराएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहेका थिए ।  सो कार्यक्रमको संचालन तथा सहजीकरण स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी महेश चन्दले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार