मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • आइतवार, चैत्र २०, २०७८
गजल!

कस्लाई के भनौं साथि यो समाज यस्तैछ,
न देखाउँन मिल्ने नलुकाउँन राज यस्तैछ।

आफ्नै घर फोरेर शुरक्षित ठान्छन कसैले,
हिंजो आज मानिसहरू को काज यस्तैछ।

श्रमजीवीहरूको एकता हुँने भैन बलियो,
आ-आफ्नो धुनमा हुँदा आवाज यस्तैछ।

सबैलाई नेताबन्ने रहर जाग्यो स्वर्थि मनमै,
लगाउँनै खोज्ने त्यो सामन्ती ताज यस्तैछ।

फुटेर होइन जुटेर हुन्छ गरिबी मुक्ति सधै,
धेरै ठोक्कर खाएनी आएन बाज यस्तैछ।

एक्किसौं शताब्दिले मान्छे रोबोट बनायो,
आत्मघाति संदेशको यो आगाज यसतैछ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार