गजल!

  • शनिबार, चैत्र १९, २०७८
गजल!

सरकार सँग कत्ती छैन सिटामोल जनतालाई,
झाडा पखालामा पिउँनलाई झोल जनतालाई,

पानी जहाज कहिले रेल,बन्छ भ्युटावर देशमा,
बांस गाड्छन छैन बिधुत को पोल जनतालाई।

समयमा बिउछैन सिचाई छैन किसान दुखिछौं,
ब्लेकमै किन्नुपर्छ बिउ सप्रेको घोल जनतालाई।

सहरमा हुँदैनन् सफाईकर्मि कुनै स्वास्थयकर्मी,
सरकारले सफाई गरौंछ बनाई टोल जनतालाई,

सफाछैन पानी पुगेको छैन बिजली गाउँ घरमा,
सरकार ले बिकास को पिट्छ ढोल जनतालाई।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार