• होमपेज
  • कला /साहित्य
  • आर्काको देशमा काम खोज्ने रहर हुँदैन

आर्काको देशमा काम खोज्ने रहर हुँदैन

  • शुक्रबार, चैत्र १८, २०७८
सेयर गर्नुहोस् :
आर्काको देशमा काम खोज्ने रहर हुँदैन

आर्काको देशमा काम खोज्ने रहर हुँदैन,
यो जिन्दगीको कत्ति बांचिन्छ भर हुँदैन।

जनम ठाउँलाई चत्रक्कै छाडी परदेशमा,
हिंड्नेलाई सोध्नुस सुःखको सफर हुँदैन।

जहान छाडेर आर्काको देशमा छ बसेरा,
जति राम्रो आसियान भयपनि घर हुँदैन।

चिसो हावा पानी र स्वर्गतुल्य देश जस्तो,
परदेशमा घुम्यौ तर पनि कुनै नगर हुँदैन।

आफ्नो जनम भुमि प्रति त मयां हुनैपर्छ,
देश भन्दा माथि कुनै पार्टीको कर हुँदैन।

तिनै नेताहरू होइनन् देशका छोरा छोरी,
जसको मनमा देश,नागरिको कदर हुँदैन।

चर्चामा

सम्बन्धित समाचार