शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिल्ला अस्पताल बाजुराको फार्मेसीले दश प्रतिशत छुटमा औषधी दिने

जिल्ला अस्पताल बाजुराको फार्मेसीले दश प्रतिशत छुटमा औषधी दिने

  • बुधबार, चैत्र १६, २०७८
जिल्ला अस्पताल बाजुराको फार्मेसीले दश प्रतिशत छुटमा औषधी दिने

बाजुरा — जिल्ला अस्पताल बाजुराले अबदेखी अस्पातलको फार्मेसीबाट औषधी किन्नेलाई दश प्रतिशत छुटमा दिने भएको छ । अस्पाताल ब्यबस्थापन समितिमा मान बहादुर कार्कीले अध्यक्षको पदभार ग्रहणपश्चात पहिलो बैठकले सो निणर्य गरेको हो ।
जिल्ला अस्पताल बाजुरामा नयाँ ब्यबस्थापन समितिका अध्यक्ष मान बहादुर कार्कीले पहिलो बैठकको निणर्य पत्रकार सम्मेलन मार्फत सार्बजनिक गर्दै सो निणर्य गरेको अध्यक्ष कार्कीले बताए । जिल्ला अस्पताल बाजुरामा हाल ७० प्रकारका औषधीहरु निशुल्क पाउने र त्यस बाहेका औषधीहरु किन्दा १० प्रतिशत छुट गर्ने निणर्य गरेको अध्यक्ष कार्कीले बताए ।
मानव बिकाश सुचाङकको ७७ औँ स्थानमा रहेको बाजुरामा गरिवीको चपेटामा परेका नागरिकहरुलाई १० प्रतिशत छुट दिदा नागरिकहरु धेरै राहत पाउने जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश राज जोशीले बताएका छन । हाल जिल्ला अस्पताल बाजुराको फार्मेसीमा ७ सय ५० प्रकारका औषधी रहेको डाक्टर जोशीले बताए । अस्पताल ब्यबस्थापन समितिको पहिलो बैठकबाट सबै प्रकारका औषधीहरु जिल्ला अस्पतालमा आउने बिरामीहरुलाई १० प्रतिशत छुटमा दिने निणर्य गरी आजैदेखी लागु गरिएको ब्यबस्थापन समितिले जनाएको छ ।

पत्रकार सम्मेलन कार्यक्रममा जिल्ला अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष मान बहादुर कार्कीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाशराज जोशी, नेपाल पत्रकार महासंघ बाजुराका बरिष्ठ उपाअध्यक्ष पदम बहादुर सिहं लगायत जिल्ला स्थित बिभिन्न संचार माध्यायममा कार्यंरत पत्रकारहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार