बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला अस्पताल बाजुरा किन शुदुरपश्चिममा सबै भन्दा पछाडी ?

जिल्ला अस्पताल बाजुरा किन शुदुरपश्चिममा सबै भन्दा पछाडी ?

  • शनिबार, माघ १८, २०७६
जिल्ला अस्पताल बाजुरा किन शुदुरपश्चिममा सबै भन्दा पछाडी ?

जिल्ला अस्पताल बाजुरा शुदुरपश्चिम प्रदेशका अस्पताल मध्ये सबै भन्दा पुछारमा रहेको छ । नेपाल सरकारद्वारा अस्पतालहरूको न्युनतम सेवा गुणस्तर मापदण्ड मापनमा प्रदेश भरीको अस्पतालमा सबैभन्दा पछाडि रहेको स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. भूषण मिश्रले बताए ।
अस्पातलले दिने सेवा सुबिधा र सबै ब्यबस्थापनको अनुगमनमा जिल्ला अस्पताल बाजुरा सबै भन्दा पछाडि रहेको डा. मिश्रले वताए । ३५० अंकमा विभिन्न सूचकांकलाई आधार मानी प्रदेशभर रहेका जिल्ला अस्पताल वा जिल्लास्तरका प्राथमिक अस्पतालहरू मध्ये बाजुरा अस्पतालले ५५ प्रतिशत अंक प्राप्त गर्दै अरु अस्पताल भन्दा पछाडि परेको स्वास्थ्य निर्देशनालय दिपायले वताएको छ ।
शुशासन तथा व्यवस्थापन, उपचार सेवा र अस्पतालका सहयोगी संयन्त्रगरी मूख्य तीन सूचक गरी ७ सय ६९ सूचक निर्धारण गरी अस्पतालको सेवाको गुणस्तर मापन भएको मूल्यांकनमा खटिएका स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. मिश्रले बताए ।
सरकारबाट अस्पतालहरूले न्यूनतम रूपमा प्रदान गर्नुपर्ने सेवाको अवस्था यथार्थ अवस्था के छ, ग्याप कहाँ छ ? लगायतका विषयमा ६ र ६ महिनामा मापन हुने गर्छ । यसपटक माघ महिनामा भएको आठौँ फलोअपमा यसअघिको फलोअपमा पुरानो जिल्ला अस्पताल वा सोसरहको मापदण्ड अनुसार कुल ३ सय ५० अंकमा विभिन्न सूचकांकका आधारमा अस्पतालहरूको मूल्यांकन गरिएको हो ।
जिल्ला अस्पताल डोटी सुदूरपश्चिममा रहेका जिल्ला अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल भएको छ । नेपाल सरकारद्वारा अस्पतालहरूको न्युनतम सेवा गुणस्तर मापदण्ड मापनमा प्रदेश भरीको उत्कृष्ट अस्पताल देखिएको स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. भूषण मिश्रले बताए ।
३ सय ५० अंकमा विभिन्न सूचकांकलाई आधार मानी प्रदेशभर रहेका जिल्ला अस्पताल वा जिल्लास्तरका प्राथमिक अस्पतालहरूमध्ये डोटी अस्पतालले ७७ प्रतिशत अंक प्राप्त गर्दै प्रथम भएको हो । सुदूरपश्चिम ६ महिनाअघि भएको गुणस्तरीय सेवा मापदण्ड फलोअपमा डोटी र अछाम दुई अस्पताल ८९.५ प्रतिशतका साथ उत्कृष्ट भएको थियो ।
जिल्ला अस्पतालहरूमध्येमा गरिएको सर्वेक्षणमा डोटी ७७, अछाम ७१, बझाङ ७०, दार्चुला ७० बैतडी ६५ र बाजुरा ५५ प्रतिशत अंक प्राप्त गरेको स्वास्थ्य निर्देशनालय राजपुरले जानकारी दिएको छ । जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले भने भौतिक पुर्वाधार अभाबले पछाडी परेको वताए । भवन नहुदा सबै एउटै कोठा बाट भएकाले यस्तो भएको वताए । सेवा त राम्रै दिएको हो, क्लिनकिलमा धेरै राम्रो र प्रयोगशाला देशकै उत्कृष्ट रहेको छ, तर भौतिक पुर्वाधारले मात्र पछाडी परेको डा.बिश्वकर्माले वताए ।

चर्चामा

सम्बन्धित समाचार