सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • अमकोटका स्थानीयले गरे साफेँ मार्तडी सडक अवरुद्ध

अमकोटका स्थानीयले गरे साफेँ मार्तडी सडक अवरुद्ध

  • बुधबार, चैत्र १६, २०७८
अमकोटका स्थानीयले गरे साफेँ मार्तडी सडक अवरुद्ध

बाजुरा — सरकारबाट पाउने बाढी पहिरो अनुदान नपाएको भन्दै बाजुरा अमकोटका स्थानीयले साफे मार्तडी सडक अवरुद्ध गरेका छन् ।
साँफे मार्तडी सडककै कारण अम्कोटबासीका खेतियोग्य जमिन र अम्कोटको बस्तीमा क्षती पुगेकोले त्यहाँका स्थानीयलाई २०७७ असारमा १ परिवारलाई ७५ हजारका दरले १ सय ६ परिवारलाई जिल्ला प्रशासन कार्यालयमा राहत आईसकेको स्थानीयलाई तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्ण गरैले बताएको अमकोटका स्थानीय लक्ष्मी पाध्यायले जानकारी दिएका छन ।

जिल्ला प्रशासन कार्यालयमा आएको भनेको पहिरो पिडित रकम दुइ बर्ष बित्दा पनि जिल्ला प्रशासन कार्यालयले स्थानीयलले पाउने रकमको कुनै सुनुवाई नभएकाले अमकोट बासिले बुधबार बिहानै देखि सडक अबरुद्ध गरेको स्थानीयले बताएका छन ।
सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे-मार्तडी सडक निर्माणकै कारण अम्कोट बासीका खेतियोग्य जमिन र घरहरु विस्थापित भएको वर्षौ वित्न लाग्दा समेत राज्यबाट उचित क्षतिपुर्ति पाउन भनेको सेवा सुविधा पाउन नसकेको भन्दै अम्कोटबासीले साँफे मार्तडी सडक अवरुद्ध गरेका हुन् ।
साँफे-मार्तडी सडक खण्ड अन्तरगत पर्ने अम्कोटमा स्थानीयहरुले विहानै देखि सडक अवरुद्ध गर्दा यातायात संचालन गर्न नदिएपछि जिल्ला बाहिरबाट सदरमुकाम मार्तडी आउने र सदरमुकाम मार्तडी बाट बाहिर जाने यात्रु बाहक बस र यात्रुहरु बल्देमा अलपत्र परेका छन् ।
अम्कोटमा रहेको सो सडकको तलबाट वर्षेनी बुढीगंगा नदिको कटान र खेतियोग्य जमिनमा डोजर लगाएर सडक निर्माण गरेसंगै अम्कोटबासीहरुमा उठिबास हुने चिन्ता रहेकाे उनिहरूले बताएका छन। अघिल्लो फागुनको अन्तिममा अम्कोटका स्थानीयहरु उचित क्षतीपुर्ति र बस्ती विस्तारको माग गर्दै जिल्ला प्रशासन कार्यालय बाजुरामा धर्ना दिन आएका थिए ।
जिल्ला प्रशासन कार्यालयका तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले अम्कोटबासीका मागहरु सम्बोधन गर्ने आश्वासन दिएका थिए । तर उनीहरु प्रशासनमा  आएकाे राहतकाे प्रखाइमा रहेकाे २ बर्ष बित्न लाग्दा पनि  स्थानीयको गुनासाे कुनै सुनुवाई नभएपछि सडक अवरुद्ध गर्न बाध्य भएको अम्कोटबासीले बताएका छन् ।
बुधबार बिहानै साफे मार्तडी सडक अबरुद्ध हुँदा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेलका अनुसार अम्कोटबासीको समस्याको समाधान गर्न लागि परेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार