सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका सबै स्थानिय तहमा विद्यार्थीका घरमा लैजाने खाधन्न वितरण

बाजुराका सबै स्थानिय तहमा विद्यार्थीका घरमा लैजाने खाधन्न वितरण

  • बुधबार, चैत्र १६, २०७८
बाजुराका सबै स्थानिय तहमा विद्यार्थीका घरमा लैजाने खाधन्न वितरण

बाजुरा — विश्व खाध कार्यक्रमको सहयोगमा संचालित दिवा खाजा कार्यक्रम शिक्षा विकास तथा समन्वय ईकाई बाजुरले विधार्थीलाई घर लैजाने खाधन्नको रुपमा वितरण शुरु गरेको छ । जिल्लाभरीका ९ वटा स्थानीय तहका २ सय ४७ विद्यालयका २८ हजार ३ सय ४७ विधार्थीलाई १५४.७४७ मेट्रिकटन पोषिलो खाधान्न वितरण भईरहेको जिल्ला शिक्षा समन्वय ईकाइ बाजुरा अन्र्तगत पौष्टीक आहारका कार्यालय प्रमुख बिजय कुमार ठाकुरले बताएका छन । खाधन्न प्राप्त गर्ने प्रत्येक विधार्थीले ४ केजी चामल १ केजी दाल र आधा लिटर तेल पाउने कार्यालय प्रमुख ठाकुरले बताए ।

No description available.
विधार्थीहरुले नियमित रुपमा विधालयमा दिवा खाजा स्वरूप पोषिलो खाना पनि विश्व खाध कार्यक्रम र नेपाल सरकारको सहयोगबाट पाउदै आएका भए पनि उनिहरुको घरमा पनि पौष्टीक आहारको आबस्यक पर्ने भएकोले घरमा समेत बितरण सुरु गरिएको कार्यालय प्रमुख ठाकुरको भनाई रहेको छ ।वार्षिक रुपमा जिल्लाका २ सय ४७ विधालयलाई जम्मा ५ सय ७१ मेट्रिक टन खाधन्न विनियोजन गरिएको उनले बताए ।
यस अघि जिल्लाका केही स्थानीय तहमा रहेको दिवा खाजा कार्यक्रम अब जिल्लाका ९ ओटैँ स्थानीय तहमा संचालन गरिसकेको कार्यालय प्रमुख ठाकुरले बताएका छन । जिल्लाका सबै स्थानीय तहका आधारभुत बिद्यालयहरुमा सो कार्यक्रम लागु भएको उनले बताए ।

No description available.
यस अघि बडिमालिका नगरपालिका लगायतका केही स्थानीय तहमा दिवा खाजा कार्यक्रम कटौती गरीएको र यो बर्षदेखी फेरी सो कार्यक्रम सुरु भएको उनले बताएका छन ।
सामुदायिक विद्यालयमा विद्यार्थी भित्र्याउने र टिकाउने उद्देश्यका साथ दिवा खाजा कार्यक्रम ल्याएको हो । दिवा खाजाको व्यवस्था गरिएपछि नियमितरुपमा विद्यार्थी विद्यालय आउने र बिद्यार्थीहरुले खाजाको रुपमा पौष्टीक आहार समेत पाउने सो कार्यक्रमको उदेस्य रहेको ठाकुरको भनाइ रहेको छ ।

No description available.
बालविकास कक्षादेखि ५ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क दिवा खाजाको व्यवस्था गरिएको ठाकुरले बताएका छन । “सामुदायिक विद्यालयमा विद्यार्थी नियमित विद्यालय आउने बानी बसाल्न, शैक्षिक गुणस्तर वृद्धि र जङ्कफुड (बाहिरी खानेकुरा) को प्रयोगलाई घटाउन दिवा खाजा कार्यक्रम राम्रो रहेको अभिभावकहरुको भनाई रहेको छ ।

No description available.
पछिल्लो समय जङ्कफुडको प्रयोग बढ्दै जाँदा गाउँघरमा पाइने नेपाली मौलिक र अर्गानिक खानेकुरा हराउँदै गएका छन् । बजारमा आएका जङ्कफुडका कारण बालबालिकाले कोदो-फापरको रोटी र भुटेका मकैको स्वाद भुलिसकेका छन् । यो कार्यक्रमले जङ्कफुडको प्रयोग कम गर्नमा सघाउ पुग्नेछ ।

चर्चामा

सम्बन्धित समाचार