गजल!

  • सोमवार, चैत्र १४, २०७८
गजल!

लुटेराहरूको टाउकामा सधै ताज हुनेगर्छ,
दुनियाँ भरीमा उस्तै उस्तैको राज हुनेगर्छ।

चोर,डांका,बलत्कारी घुम्छन छाती खोली,
जंहापनि दण्डित निर्दोश आवाज हुनेगर्छ।

कुपोषणका सिकार भएरनै मर्नेगर्छन थुप्रै,
कसैको मृत्युको नै कारण अनाज हुनेगर्छ।

मानिसले बनाउछन मन्दिर मज्जित गुम्बा,
धर्म को नाममा बिभाजित समाज हुनेगर्छ।

महिंला ले बाटोमा नै बच्चा जन्माउनु प्रदा,
स्वाभिमानी नागरिकलाई त लाज हुनेगर्छ।

नेताहरू ले धर्मको नाउंमा लाखौं खर्चिन्दा,
यहाँ मानव समाजमा नराम्रा काज हुनेगर्छ।

यस्तै सामाजिक राजनीतिक परिस्थितीलेनै,
हाम्रै देशमा बिद्रोहको सधै आगाज हुनेगर्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार