सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा नामको मात्र स्वास्थ्य बिमा

बाजुरामा नामको मात्र स्वास्थ्य बिमा

  • बुधबार, चैत्र ९, २०७८
बाजुरामा नामको मात्र स्वास्थ्य बिमा

लक्ष्मीराज पाध्याय–स्वास्थ्य बिमा ऐन २०७४ र राष्ट्रिय स्वास्थ्य नीति २०७६ अनुसार बिमा बोर्डले १ जेठ २०७६ मा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दुका रुपमा राखेर जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको थियो । तर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा कार्यक्रम अहिले सम्म शुरु हुन सकेको छैन् ।
बाजुराका ५ स्थानीय तहका लागि सदरमुकाम मार्तडीमा रहेको अस्पताल तथा बाजुराका पूर्वोत्तर क्षेत्रका ४ स्थानीय तहका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा बिन्दु भनिएको छ । स्वास्थ्य बिमा गरेपछि अस्पतालका बहिरंग सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा, निदानात्मक सेवा, शल्यक्रिया र सूचिकृत औषधि निशुल्क पाउने व्यवस्था छ ।
घातक रोगको उपचारमा सजिलो हुने ठानेर यहाँका अधिकांश नागरिक बिमा कार्यक्रममा सहभागी पनि भए । तिनैमध्येका बुढिनन्दा नगरपालिका- १ का बिरे सार्कीले पनि  बिमा बनाए । गाउँमै स्वास्थ्य बिमा गर्न आएका बिमाका कर्मचारी बाट दुई वर्ष पहिले स्वास्थ्य बिमा गराएका सार्कीले कुनै सुविधा पाउन सकेनन् । लाभ नपाएपछि उनले दोस्रो पटक बिमा नविकरण पनि गरेका छैनन् । बिरे अतिगरिबको सूचीमा सूचिकृत परिवारका सदस्य हुन् । उनले राताे कार्ड प्राप्त गरेका छन । अति गरिब परिवारका सदस्यहरुलाई स्वास्थ्य बिमाको शुल्क लाग्दैन ।
मृगौला पीडित गंगारामले दुखाई कम गर्ने औषधि समेत किनेर खानु परेको छ । कोल्टीबाट सदरमुकाम मार्तडी पुग्न एक दिन लाग्छ । बल्ल तल्ल पुगे पनि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बिमा कार्डबाट सेवा नपाएको उनको गुनासो छ ।
बिमा कार्यक्रम लागु हुँदा कार्यक्रममा सहभागी पाँच जना सदस्य भएको परिवारले वर्षमा बढीमा एक लाख रुपैयाँ बराबरको उपचार निशुल्क पाउने भनिएको थियो । तर, अहिलेसम्म सम्पूर्ण उपचारको खर्च आफैंले ब्यहोर्नु परिररहेको बुढिनन्दाका हलिया अगुवा मनबीर सार्कीले वताउँछन् ।
कोल्टीमा स्वास्थ्य बिमा सेवा सञ्चालन नहुँदा बुढिनन्दा नगरपालिका सहित हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाबासीले स्वास्थ्य विमाको सुविधा पाएका छैनन् । स्वास्थ्य बिमा सुदुरपश्चिम संयोजक जनक साउदको भनाई अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई तालिम समेत दिइएको छ । तर स्थानीय सरकारको कमजोरीका कारण सेवा सञ्चालन हुन नसकेको उनले बताए । स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा बाजुरा प्रमुख तारा डडालको भनाईमा निःशुल्क सेवा सञ्चालनका लागि पहल भइरहेको छ ।
स्वास्थ्य बिमा कार्यक्रमका लागि फार्मेसीका साथै इन्टरनेट सुबिधा चाहिन्छ । तर कोल्टी केन्द्रमा फार्मेसी सञ्चालन गर्न नसकिएको स्वास्थ्य संयोजक जसिराम साहानीले वताए । बुढीनन्दाकी उपप्रमुख सृष्टी रेग्मीका अनुसार कार्यपालिका बैठकले फार्मेसी सञ्चालनमा ल्याउने निणर्य यसअघि नै गरिसकेको छ । तर अहिलेसम्म सञ्चालन हुन नसक्नु कारण उनलाई पनि थाहा छैन । नागरिक अगुवा प्रदीपराज जैशीले  स्थानीय सरकारको गैरजिम्मेवारीका कारण फार्मेसी सञ्चालनमा नआएको आरोप लगाएका छन ।
स्वास्थ्य संयोजक जसिराम साहानी भन्छन्, प्राथमिक स्वास्थ्य केन्द्रमा व्यबस्थापन गर्न नसक्दा समस्या भएको वताए । फार्मेसी सञ्चालन, इन्टरनेटको व्यबस्थापन गर्न नसक्दा समस्या भएको वताए । नेपाल सरकार स्वास्थ्य वीमा बोर्डको वेइभसाइटमा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले पनि सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको विवरण राखेको छ । स्वास्थ्य वीमा बोर्डका सुचना अधिकारी शोभित रिजालले भने कुन कारणले हो सञ्चालन नभएको खबर गर्ने सञ्चानमा ल्याउने तयारी रहेको वताए । रिपाेटमा मात्रै भएकाे र नागरिकले सेवा नपाएकाे स्थानियकाे गुनासाे रहेकाे छ ।
अति गरिब परिवारका सदस्यहरुले स्वास्थ्य बिमाका लागि पैसा बुझाउनु नपर्ने भए पनि अन्यको हकमा पाँच जना सदस्य भएको परिवारले रु. ३ हजार ५०० बुझाएका छन् । पाँच जना भन्दा बढी सदस्य भएको परिवारका हकमा थप एक ब्यक्ति बराबर ७०० रुपैयाँ अतिरिक्त बुझाउनु पर्छ । यसो गरेपछि प्रतिव्यक्ति रु. २० हजारसम्मको निशुल्क उपचार हुने, सेवा पाउँदा ५ परिवार भएमा १ लाख, ५ जना भन्दा बढी भएमा प्रतिब्यक्ति थप २० हजारका दरले सेवा पाउँछन् । तर बाजुराकाे उत्तरी क्षेत्रका नागरिकले सेवा पाएका छैनन् ।

चर्चामा

सम्बन्धित समाचार