मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • चानुव आएपछि मुर्दा समेत जीवीत हुन्छ

चानुव आएपछि मुर्दा समेत जीवीत हुन्छ

  • आइतवार, चैत्र ६, २०७८
चानुव आएपछि मुर्दा समेत जीवीत हुन्छ

चानुव आएपछि मुर्दा समेत जीवीत हुन्छ,
सांचैभन्दा जानीदुश्मन साख्खै मीत हुन्छ।

आमा हजूरले धर्म र क्रमका कुरागर्नु भयो,
यंहाँ पैसा भएपछि हारेको पनि जीत हुन्छ।

राजनीति बिज्निस भयो नेताहरूका लागी,
चुनाव जीत्नेको नाउ स्वर्गमा अंकित हुन्छ।

हामी तपाँई मरेपछि स्वर्ग जाने आशा गर्यौ,
स्वर्ग-नर्क यहींनै हुंदा त्योझुठ साबित हुन्छ।

छाडौं आमा अब यि स्वार्थिलाई भोट नदिउं,
देशभक्त नै रोजौं त्यसैमा सबैको हित हुन्छ।

हो धेरै जना मरेका पनि भोट हाल्न आउँदा,
लाग्यो पुंजिबादी सधै यस्तै यस्तै रित हुन्छ।

चर्चामा

सम्बन्धित समाचार