मङ्लबार, बैशाख १८, २०८१

गजल!

  • आइतवार, चैत्र ६, २०७८
गजल!

भन्छन देश भित्र अब बहुदल आएकोछ,
अबत यहां जनताहरूको बल आएकोछ।

बिकास हुन्छ देशले निकास पाउँछ याहाँ,
सम्बिधानभित्र गणतन्त्र अटल आएकोछ।

संघिय समावेशी समाजवाद अनमुखहुंदा,
जनताको रक्षागर्ने अब त ढल आएकोछ।

सरकारले आफ्नो मनपरिगर्न खोज्नेभयो,
तर सम्बिधानमा भने छलफल आएकोछ।

एम सीसी पारित गराए दलालले केहुनेहो,
त्यो आतङ्गकै अन्देशा पलपल आएकोछ।

हाम्रो देशलाई कुन दुश्मनको नजर लाग्यो,
सधै बिकासकै नाउमा अलमल आएकोछ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार