मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हिमाल पहाड तराई शुन्दर देखेपछी

हिमाल पहाड तराई शुन्दर देखेपछी

  • आइतवार, चैत्र ६, २०७८
हिमाल पहाड तराई शुन्दर देखेपछी

हाम्रो देशको हिमाल पहाड तराई शुन्दर देखेपछी,
दुष्टको नियत बदलियो मिलेको गाउंघर देखेपछी।

नाडी छाम्दैथियो नेताहरू कुन कुन लाछिछ भन्दै,
सधै भरी हाम्रो देशलाई उसले परनिर्भर देखेपछी।

भनेको जस्तै भयो साम्राज्यबादलाई लाछी भेटिए,
फुरूक्कैपरे तिनै लोभि पापी थोरै डालर भएपछी।

घर शुरक्षित रहंन्न पस्नसक्छ हावा र हुरी घर भित्र,
बतासलाई मात्रै के दोश घरभित्र थुप्रै चर भएपछी।

साम्राज्यबाद जंहापस्यो त्यो देशभित्र पस्छ बारूद,
होसियार हुनैपर्छ शन्तानहरू घरभित्र डर भएपछी।

खारेज गरौं अंझैपनी एम सी सी राष्टघातहो देशमा,
बिस्तारै असर गर्न थाल्छ त्यो मिठो जहर भएपछी।

चर्चामा

सम्बन्धित समाचार