सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा कोरोना संक्रमणमुक्त, संक्रमितकाे सख्या शुन्य

बाजुरा कोरोना संक्रमणमुक्त, संक्रमितकाे सख्या शुन्य

  • शनिबार, चैत्र ५, २०७८
बाजुरा कोरोना संक्रमणमुक्त,  संक्रमितकाे सख्या शुन्य

बाजुरा — कोरोना भाइरस सङ्क्रमण दर ओरालो लागेसँगै बाजुरा जिल्लामा सङ्क्रमण शून्य रहेको छ । बाजुरामा केही दिन यता एक जनामा पनि काेराेना संक्रमण नभएकाे स्वास्थ्य कार्यालय बाजुराकाे रिर्पाेटमा उल्लेख गरिएकाे छ । प्रदेशका नौ जिल्लामध्ये बाजुरा, डोटी र अछाम हाल एक जना पनि कोरोना भाइरस सङ्क्रमणका सक्रिय सङ्क्रमित नरहेको निर्देशनालयको तथ्याङ्कमा पनि  उल्लेख गरिएकाे छ ।
केही दिन यता बाजुरामा कुनै ब्यक्तीमा कोरोना संक्रमण नभएको स्वास्थ्य कार्यालय बाजुराका  ममता जोशीले बताएकी छन । जोशीका अनुसार कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि कोरोना भाइरसविरुद्धको खोप अभियानलाई बढाइएको र यसले गर्दा जिल्लामा काेराेनाकाे संक्रमण दर घटेकाे बताएकी छन।

प्रदेशका सबै स्थानीय तहमा हाल कोरोना भाइरसविरुद्धको खोप अभियान जारी रहेको छ। पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा र ६ महिनापछि बुस्टर डोज दिइन लागिएको हो। यसअघि लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार