मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • खान लगाउँन सस्तो रोज्नुपर्छ आफुलाई गरिवले

खान लगाउँन सस्तो रोज्नुपर्छ आफुलाई गरिवले

  • शनिबार, चैत्र ५, २०७८
खान लगाउँन सस्तो रोज्नुपर्छ आफुलाई गरिवले

खान लगाउँन सस्तो रोज्नुपर्छ आफुलाई गरिवले,
सदियौँ देखून धर्ति सिंगार्छन खाई न खाई गरिवले।

औषधी उपचार पनि कसरीगरौं बिना धनको हामी,
फर्किन्छन खर्च देखेर आफुलाई न जचाई गरिवले।

आर्को जनममा स्वर्ग जान ढुक्कछ निर्बिरोधमा ऊ,
यो जनम मा इमान र धर्मको बाटो समाई गरिवले।

अड्डा अदालतभैन श्रमजीवीलाई ग्वार्ने ठाउँ खोजौं,
यो समाज भित्र तमासा बनेकोछ दुःखपाई गरिवले।

धनीले आकास बांड्छन धर्ति बांट्छन छुट्टींदा पनी,
रिण बांट्छन र आमा बा बांट्छन भाई दाई गरिवले।

डाक्टर उनै बन्छन इञ्जिनिएर र जज धनीका छोरा,
नारकिए भई बांच्छन दुःख सँग मित लगाई गरिवले।

चर्चामा

सम्बन्धित समाचार