शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • लुटेर श्रमजीवीको त्यो दाम अघाएनन्

लुटेर श्रमजीवीको त्यो दाम अघाएनन्

  • शुक्रबार, चैत्र ४, २०७८
लुटेर श्रमजीवीको त्यो दाम अघाएनन्

धेरैले बेचेर मूलप्रवाको नाम अघाएनन्,
लुटेर श्रमजीवीको त्यो दाम अघाएनन्।

आए गए कयौं अवसरबाद हाम्रो घरमा,
गरेकै हुन्छन उनैले छलछाम अघाएनन्।

भोका आउँछन सुकेका म्याउं म्याउँ गर्दै,
हुंदैन त चयन बसेर एकठाम अघाएनन्।

कार्यक्रताले दिनोरात जनताको माझमा,
गर्छन मरिमरी जनप्रिय काम अघाएनन्।

झोले मौका प्रस्तहरू क्यारियर बनाउँदै,
हुन्छनकयौं इमानदार वेनाम अघाएनन्।

छाडेनन् समाजको नाम भजाउँन उनैले,
मूलप्रवाहलाई बेचिखाए माम अघाएनन्।

चर्चामा

सम्बन्धित समाचार