शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • जस्लाई दुःखछ उसैलाई थाहा हुन्छ

जस्लाई दुःखछ उसैलाई थाहा हुन्छ

  • बिहिबार, चैत्र ३, २०७८
जस्लाई दुःखछ उसैलाई थाहा हुन्छ

मानिस भएपछि समस्य आइपर्छ सधैभरी,
शंघर्ष गरेर मात्रै समस्य पछिसर्छ सधैभरी।

यहां दिनौदिन लडाइ छ ज्वाहारभाटा सँग,
त्यहिमर्छ अकालमै यहाँ जो डर्छ सधैभरी।

हो कालको मुखबाट पनि ज्युँदै फर्किन्छन,
जस्ले शंघर्ष गर्नलाई हिम्मत गर्छ सधैभरी।

सांच्चै भन्दा उसलाई त चोट लाग्नुनै थियो,
जस्ले पंखबिना अग्लो उडान भर्छ सधैभरी।

जस्लाई दुःखछ उसैलाई थाहा हुन्छ दुखाई,
पिढा खेप्न नसक्ने नै पल पल मर्छ सधैभरी।

माझी बनेर कां हुन्छ शमुन्दर तर्नु जान्नु पर्छ,
अर्कालाई तार्न खोज्नेलेे आफैतर्छ सधैभरी।

चर्चामा

सम्बन्धित समाचार