शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ
  • साउदी अरबका विदेशमन्त्री नेपालमा

साउदी अरबका विदेशमन्त्री नेपालमा

  • मङ्लबार, चैत्र १, २०७८
साउदी अरबका विदेशमन्त्री नेपालमा

काठमाडौं — दुईदिने औपचारिक भ्रमणका लागि साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपाल आएका छन्। २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सोमबार साँझ काठमाडौं आएका हुन्।

निजी विमान चढेर श्रीलङ्काबाट आएका उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी लगायतले स्वागत गरेका थिए।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग चैत १ गते भेट गर्ने छन्। भेटवार्तापछि दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ । साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो। करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन्।

सोही दिन मन्त्री खड्काले आयोजना गरेको दिवा भोजमा उनी सरिक हुनेछन् र काठमाडौंबाट फिर्ता हुनेछन्।साभार दिनेशखबर ।

चर्चामा

सम्बन्धित समाचार