शनिबार, बैशाख ८, २०८१

गजल!

  • सोमवार, फाल्गुन ३०, २०७८
गजल!

पाइलै पछि पुँजीबादको भ्रष्टचार हुन्छ जताततै,
धनी मान्छे सबै थोकको हकदार हुन्छ जताततै।

गरिबको जीवनलाई नारकिय गरायो पुँजिबादले,
धनमान मान्छेहरूले भने अनुसार हुन्छ जताततै।

औषधी उपचार समेत गर्न गारोछ गरिबहरूलाई,
हिंजो आज त पसु तुल्य ब्यबहार हुन्छ जताततै।

आमा बाले सच्चाई र इमानदारीको पाठ सिकाए,
यहाँ त झुठमानै उभिएको सरकार हुन्छ जताततै।

हो समस्या जती पुँजीबादले गरिबलाई थमाएको,
श्रमजीवीको पसिना लुट्ने आधार हुन्छ जताततै।

धनीले उपयोगगर्छ खानदिई एकछाक गरिबलाई,
गरिब आफ्नै गर्धन काट्ने औजार हुन्छ जताततै।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार