शुक्रबार, जेष्ठ ४, २०८१

गजल!

  • मङ्लबार, फाल्गुन २४, २०७८
गजल!

उठाउ देशको झण्डा र अब खोसौं अधिकार तिम्रोहो,
आफ्नै भबिस्य बनाउँने बर्गशंघर्षको औजार तिम्रोहो।

न बनौं असाय र पुतली आर्काको खेलौना अबकोदिन,
आफ्नो स्वतन्त्रता फराकिलो बनाऊँ ब्यबहार तिम्रोहो।

आठ मार्च अन्तरराष्ट्रिय श्रमिक महिंला दिवसले भन्छ,
उठौं जुटौं हक लिन लाई महिंला आधा संसार तिम्रोहो।

न खुम्चिनु अब चुलो चौकामा चियाएर हेरौं यो दुनियां,
जती भेट्टिन्छ इतिहाश ज्युनलाई त्यही आधार तिम्रोहो।

नलगाउ लाली पाउडर पुरूषकै खेलौनाबन्न समाजमा,
दुनियांकै आउंछन बिक्रि र ब्यपारका समाचार तिम्रैहो।

जुटौंबर्गिय लडाई लड्नुछ हामी अधिकार लिन अबत,
हारे पिडित ज्यान जिते त संसार लडौं आरपार तिम्रैहो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार